जनकपुरधाम- नेपाली कांग्रेसको मधेस प्रदेशका सदस्य जीवनाथ चौधरीलाई सांस्कृतिक समन्वय तथा प्रचारप्रसार उपसमितिको मधेस प्रदेश संयोजकमा चयन गरिएको छ ।
निर्वाचनको एक महिनाभन्दा पनि कम समय बाँकी रहेको समयमा नेपाली कांग्रेसले चौधरीलाई पार्टीको निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचारप्रसार उपसमितिको मधेस प्रदेश संयोजकमा चयन गरेको हो ।
नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचारप्रसार केन्द्रिय समितिको बैठकबाट ७ वटै प्रदेशको उपसमितिको संयोजक चयन गरेको छ । यसका साथै उपसमितिका सदस्यहरु समेत चयन गरिएका हुन् ।
चौधरी नेपाली कांग्रेसको भातृ संस्था सांस्कृतिक संघका अध्यक्ष समेत हुन् ।