
महाेत्तरी- माओवादी केन्द्रका नेता तथा गठबन्धनका विरुद्ध वागी उम्मेदवार दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्कृय वनाएको वताएका छन् ।
महोत्तरी क्षेत्र न.१ क मा सक्तीशाली उम्मेदवारकोरुपमा हेरिएका ढुंगानाले पाटीको अपिललाई आत्मसाथ गर्दै आफ्नो उम्मेदवारी निष्कृय वनाएको वताएका हुन ।
गठबन्धनका वागी उम्मेदवार मध्य निक्कै महत्वपूर्ण ढङगले हेरिएको नेता ढुंगानाको उम्मेदवारी निष्कृय भएसगैं गठबन्धनभित्र चुनावी समिकरण नै परिवर्तन भएको छ ।
` ढुङगनाको उम्मेदवारी निष्कृयताले हामी निक्कै खुसी भएका छौ ।´ माओवादी केन्द्रका पोलिटव्युरो
सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खडकाले भने ।
१० बर्ष जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुको रक्षा, बिकाशप्रतिको साझा प्रतिबद्धताप्रतीको ऐक्यबद्धता र प्रतिगमनको खतरालाई निष्तेज वनाउनु पर्ने अभिभारालाइ आत्माबोध गर्दै उम्मेदवारी निष्कृय वनाएको उन्को भनाइ छ ।
`नेतृत्व रक्षा र निर्वाचन क्षेत्रको बिकाशमा समेत आफ्नो उम्मेदवारीले आघात पुग्ने बिषयलाइ मध्यनजर गर्दै उम्मेदवारी निष्कृय वनाएको हौ ।´ उन्ले भने ।
ढुंगानाले आफुप्रती बिस्वास गर्ने सुभचिन्तक, आफ्नो अभियानमा जोडिएका स-अभियन्ताहरु, संचारकर्मीहरुलाइ धन्यवाद ब्यक्त गर्दै नेतृत्व रक्षाको भुमिकामा अग्रसर हुन अपिल समेत गरेका छन ।
प्रदेशसभाको लागी गठबन्धनको साझा उम्मेदवार अझै टुंगो लागेन
महोत्तरी-१ मा गठबन्धनबाटै दुईजनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धनभित्रको नेकपा एसबाट सुरेश राउत र लोसपाका पितम्बर महतो चुनावी प्रतिस्पर्धामा छन ।
दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार दावी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर निर्णय गरिसकेको छैन । गठबन्धनका वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेर नै उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ भने राउतले पनि अध्यक्षको निर्देशन मानेको बताउँदै आएका छन् ।
निर्णयानुसार महोत्तरी क्षेत्र १ ‘क’ कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि नेकपा एसका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।
अहिले नेकपा एसका राउत वा लोसपाका महतोमध्ये कसलाई ब्याक गराउने भन्ने विषयमा छलफल भैइरहेको गठबन्धनका नेताहरूले जानकारी दिए ।
गठबन्धनको बिवाद निर्वाचनको कार्ययोजना वनाउन कार्यदल गठन
गठबन्धनको साझा उम्मेदवार टुंग्याउन कार्यदल गठन भएको छ ।
माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिप वहादुर योन्जनको संयोजकत्वमा १४ जनाको कार्यदल गठन भएको हो ।
प्रत्येक दलवाट ३/३ जना सदस्य रहनेगरी उक्त कार्यदल गठन भएको संयोजक दिप वहादुर योन्जनले जानकारी दिए ।
उक्त कार्यदलले निर्वाचन समबन्धी कार्ययोजना समेत वनाउनेछ ।