
महोत्तरी - सत्तागठबन्धनका साझा उम्मेदवारले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी घरदैलो अभियान तीव्र बनाएको छ ।
घरदैलो अभियानको क्रममा बिहिवार सोनामा गाउँपालिकामा नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र राय यादव र लोसपा पार्टीको तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार कैशल यादवले घरदैलो कार्यक्रम गर्दैछ ।
मतदाताकाे घर-घरमै पुगेर उम्मेदवारहरुले मतदातालाई भेट्दै मत मागि रहेका छन् ।
घरदैलो अभियानका क्रममा नेपाली कांग्रेस प्रति मतदाताको उत्साह देखिएको नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले बताए । ‘अबका केही दिन हामीले चुनावी घरदैलो अभियानलाई निरन्तरता दिनेछौं । त्यसपछि पनि मतदाताको घर-घरमा पुग्ने र भेटघाट गर्ने कार्यक्रम निरन्तर रहन्छ’ उनले भने ‘अहिलेसम्म हाम्रो पार्टी र उम्मेदवारहरुप्रति मतदाताको धेरै उत्साह देखिएको छ ।’
यस्तै, लोसपा पार्टीको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार कैाशल यादवले झुटा कुरा गर्ने, भ्रम फैलाउने र आश्वासन मात्रै दिने उम्मेदवारलाई भन्दा विकासको कामलाई अघि बढाउने उम्मेदवारलाई मत दिन अपिल गरेको बताए । ‘घरदैलो अभियानको क्रममा एकप्रकारको उत्साह पाएका छौं’ उम्मेदवार यादवले भने ‘विकासको लहर ल्याउनका लागि मौका दिनुहोस् भनेका छौं । हाम्रो मुल्याङ्कन आम मतदाताले मत प्रदान गरेर गर्नुहुन्छ ।
घरदैलो अभियानको क्रममा समानुपातिक उम्मेदवार सहित नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।