
महोत्तरी। महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले सामान्य अग्रता बनाएका छन् । मतगणना सुरु भएदेखि नै एमालेका लक्ष्मी महतो कोइरीसँग पछि परेका पोखरेलले अहिले ४ सय १९ मतको अग्रता बनाएका छन् ।
पोखरेलले १२ हजार ६८९ र कोइरीले १२ हजार २७१ मत ल्याएका छन् । महोत्तरी १ मा निकै बलियो मानिएका पोखरेल पछिल्लो समय पार्टीभित्रकै अन्तरद्धन्दले कमजोर अवस्थामा पुगेका हुन् ।