
महोत्तरी - महोत्तरीमा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
सतारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेललाई १०३१ मतअन्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार लक्ष्मी महतोले २४ हजार ४०१ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।
पराजित भएका पोखरेलले २३ हजार ३७० मत ल्याएका छन् ।
महतो र पोखरेलबीचको मतान्तर १०३१ रहेको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ ।