
जनकपुरधाम- लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा धनुषाकाे क्षीरेश्वरनाथ जनता मावि महेन्द्रनगरमा एकल महिलाहरु संग कानूनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा महिला हिंसा सम्बन्धी विभिन्न कानुनी जानकारीहरु बारे सहजीकरण एडभोकेसी फोरम मधेस प्रदेश संयोजक तथा अधिबक्ता राजकुमार महासेठले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेश कार्यालय जनकपुरका प्रमुख मञ्जु खतिवडाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बारे जानकारी दिंदै हिंसा सहेर बस्नु नहुने हिंसा विरुद्ध आवाज उठाउनु पर्ने बताइन् । उनले हिंसा परे कानुनी उपचार खोज्न र सहयोग गर्न आयोग सधै तयार रहेकाे बताइन् ।

मानव अधिकारका लागि राष्ट्रिय एकल महिला समूह धनुषाको अध्यक्ष सुभद्रा आलेको अध्यक्षता तथा र कार्यक्रम अधिकृत कृष्णा बसनेतले संचालन गरेकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सदस्य अजय साह, सरसफाइ अभियानी धिरेन्द्र साह, क्षीजमाविका प्रअ बाबु साहेव यादवले पनि आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।