
महोत्तरी- बर्दिवास उद्योग वाणिज्य संघको निर्वाचनको लागि उम्मेदवारहरुको प्रतिबद्धताहरु सार्वजनिक भएका छन् ।
उम्मेदवार मध्येका बिष्णु खडकाको प्यानलले आज पत्रकार सम्मेलनको आयोजना गरि विभिन्न प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन् ।
खडकाले पत्रकार सम्मेलनमा आफ्नो प्यानलले जिते व्यवसायी सदस्यहरुलाई दैवी प्रकोपवाट आइपर्ने समस्याहरुको लागि निर्वाचित भए लगत्तै व्यक्तिगत लगानी गरेर ५ लाख ५१ हजारको अक्षय कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्यानलले विभिन्न ९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै बर्दिबासको विकास र व्यवसायीहरुको हकहितको लागि जस्तोसुकै चुनौती सामना गर्ने अध्यक्ष पदका उम्मेदवार खड्का बताए ।
सुन्दर र सुरक्षित वर्दिबास निर्माणको लागि सिसिटिभी जडान, मर्मत, अव्यवस्थित बिजुलीका तार हटाउने देखि जेव्रा क्रसिङ्ग र व्यवस्थित पार्किङ्ग निर्माणमा भुमिका खेल्ने खडका प्यानलको प्रतिबद्धता छ ।

प्यानलले फोहोरमैला ब्यवस्थापन, घरभाडाको दिगो सावधान, सार्वजनिक सौचालय निर्माण, घुम्ती सौचालय, पर्यटन विकास जस्ता बिषयहरुलाइ मुख्य प्राथमिकतामा राखेका छन् ।
व्यवसायीहरुलाई सुलभ कर्जा प्रदान गर्ने ब्यवस्था मिलाउन स्थानिय बैक र वित्तिय संस्थाहरुसगँ पहल गर्ने पनि प्रतिबद्धता जनाएको छ ।
नगरभित्र रहेका कुनैपनी व्यवसायहरुलाइ करको दायरामा ल्याउने र व्यवसायीहरुले झेल्दै आएको मूल्य अभिबृदिकर, वाणिज्य कर आदिको सहजिकरण गर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
बर्दिबासमा रहेका नदि उकास र ओइलानी जग्गाहरुको पहिचान गरि ठुला उधोगहरु स्थपनामा पहल गर्दै रोजगारी अवसरहरु समेत सिर्जना गर्ने उम्मेदवार बिष्णु खडकाले वताए ।
ठुला ब्यापारीहरु समेत ओइलानी जग्गामा ब्यवसाय गरिरहेको बिषयप्रती चिन्ता ब्यक्त गर्दै सरोकारवाला निकायसँग लालपुर्जा वितरणमा समेत खवरदारी गर्ने खडकाले वताएका छन ।
आफू निर्वाचित भए नगरभित्र महिला उधमीहरुलाइ प्रोत्साहन गर्ने विभिन्न प्याकेजहरु समेत लिएर आउने खडकाको प्रतिबद्धता छ । व्यवसायिक वातावरण सिर्जना गरि सरोकारवाला निकायसँग अनुदानको समेत पहलकदमी लिनेछौ ।´ उन्ले भने । जस्को कारणले साना ब्यवसायीहरुमा थप प्रोत्साहन मिल्नेछ ।´
बर्दिबास उधोग बाणिज्य संघलाइ पनि नया धारवाट विकास गर्नुपर्नेमा खडकाको जोड छ । १८ बर्षसम्म पनि संघ ब्यस्क वन्न नसकेको वताउदै अब आफ्नै नेतृत्वमा मात्र परिवर्तन हुने खडकाको दावी छ ।
पुरानो नेतृत्वले ९ बर्षसम्म साधारणसभा नगरी तानासाही ढङगले चलाएको आरोप लगाउदै संघलाइ पार्दर्शी र नया विधि, बिधान र पदतीमा लैजान आफ्नै प्यानलले जित्नुपर्ने खडकाको जिकिर छ ।
खडका प्यानलवाट उत्तम श्रेष्ठ, गुन्ज बहादुर कार्की, सन्तोष श्रेष्ठ, बद्री प्रसाद हुमागाइ, रुद्र वहादुर किङरिङ्गं सन्तोष सिग्देल, बिष्णुदेव उपाध्याय, सैलेश दाहाल, रन्जितराज ढुंगाना, चौधरी महतो, नसिफ नदाफ र सुरज खडकाले उम्मेदवारी दिएका छन ।