
बर्दिबास- महोत्तरीको बर्दिबास स्थित बर्दिबास उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनकाे लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ।

जम्मा १ हजार ७ सय ६७ मतदाता ब्यापारी मध्य १ हजार ४ सय ७३ मत खसेको निर्वाचन समितिको संयोजक अधिवक्ता टिकाध्वज खड्काले जानकारी दिए ।

करिब १० वर्षपछि भईरहेको नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्ष पदका लागि तीनजना उम्मेदवार चुनावी मैदानमा छन् ।
उनका अनुसार अबको केही बेरमा बैठक बसेर मतगणना सुरु हुने तयारी छ । एक अध्यक्ष र १२ सदस्य गरी १३ पदमा मतदान भएकाे हाे ।
अध्यक्ष पदका लागि तीनजना उम्मेदवार चुनावी मैदानमा छन् ।कृष्णप्रसाद गौतम र विष्णुबहादुर खड्का प्यानल सहित चुनावी मैदानमा छन् भने जागेन्द्र श्रेष्ठले अध्यक्षमा मात्रै उम्मेदवारी दिएका हुन् ।

गौतम प्यानलले दियो, विष्णु प्यानलले किताब र जागेन्द्र शंख छाप लिएर चुनावमा भिडेका छन् ।
एक अध्यक्ष र १२ सदस्य गरी १३ पदका लागि चुनाव भएको निर्वाचन समितिका संयोजक अधिवक्ता खड्काले जानकारी दिए।

कृष्णप्रसाद गौतमको टीमबाट सदस्यहरुमा दिपेन्द्र पराजुली, सन्तोषमणि घिमिरे, फणिन्द्रराज भट्टराई, रामनाथ साह, दिपक कार्की, दिनेश श्रेष्ठ, बेचु बल, चन्द्रबहादुर खड्का, उषा ढकाल, अशोक महतो, पवन ढुंगाना र अताबुल नदाफ चुनावी मैदानमा उम्मेदवार रहेका छन् ।

यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार विष्णुबहादुर खड्काको प्यानलबाट सदस्यहरुमा उत्तम श्रेष्ठ, गुन्जबहादुर कार्की, सन्तोष श्रेष्ठ, बद्रिप्रसाद हुमागाई, रुद्रबहादुर किङरिङ्गं, सन्तोष सिग्देल, विष्णुदेव उपाध्याय, सैलेश दाहाल, रन्जितराज ढुंगाना, चौधरी महतो, नसिफ नदाफ र सुरज खड्काले उम्मेदवारी दिएका छन् ।