
बारामा एउटा समूहले व्यापारीमाथि गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन् । गोली लागेर भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका छन् ।
बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रहरीले जनाएको छ । प्रहरीले सो समूहको खोजी गरिरहेको जानएको छ ।