महोत्तरी – महोत्तरी जिल्लाको प्रसिद्ध लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीका साधुसन्तहरुलाई आज कम्बल वितरण गरिएको छ ।

मटिहानी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखा मटिहानीको संयुक्त आयोजनामा सो मठमा रहँदै आएका २५ जना साधुसन्तलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले एक समारोह बीच कम्बल वितरण गरेका हुन् ।




जाडो बढेसँगै राहत स्वरुप साधुसन्तहरु लाई कम्बल वितरण गरिएको कुरा प्रमुख मण्डलले बताए ।
कम्बल वितरण कार्यक्रममा रेडक्रस उपशाखाका सभापति रामकुमार मण्डल सचिव रामएकवाल पूर्वे शिक्षा संयोजक चन्देश्वर साह लगायतका सहभगिता रहेको थियो ।




