वर्दिवास- केहि दिन शीत लहर संगै बढेको जाडाेबाट बच्नको लागि रेडक्रस उपशाखा कार्यालय वर्दिवासले १६ घर परिवारलाई न्यानाे कपडा वितरण गरेको छ।

रेडक्रस वर्दिवासले बर्दिबास ३ गौरिडाडा (टाेकि टोल)का १६ परिबारलाई आज शितलहरिको यो चिसोबाट जाेगिनको लागि न्यानाे कपडा वितरण गरेको हो ।

वितरण गरिएको न्यानाे कपडामा प्रति परिबार कम्बल २ थान, बाल्टिन १ थान , जनाना धोति १ , मर्दाना धोति १ थान ,पेटिकोट १ थान , भाडा १ सेट (स्टिल थाल २,कचौरा २,पानी खाने गिलास २ बिर्को सहितको डेक्चि २) , जिन कपडा, सेतो कुर्था सुरुवाल कपडा र प्रीन्ट कपडा रहेको छ।

न्यानो वितरण वर्दिवासका मेयर प्रहलाद क्षेत्री,वडाध्यक्ष बिराट कुमार बिस्ट र ने.रे.सो.बर्दिबास उपशाखा सभापति रेबन्त कार्कि(सुदीप) लगायतको उपस्थिती रहेको थियो ।


