
बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
प्रदेशको यो निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ । सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी महोत्सव मनाइने भएको छ ।
