काठमाडौँ — सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उपप्रधानमन्त्री रवि लामिछानेले बताए ।
‘कुन-कुन मन्त्रालयले कुन-कुन दलले लिने विषयमा मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ,’ लामिछानेले भने, ‘भोलि १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।’



उनले मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने बताए। केही मिलाउनुपर्ने भएकाले भोलि शपथ अघि पनि कुरा हुने उपप्रधानमन्त्री लामिछानेले जानकारी दिए । उनले मन्त्रीहरूको शपथपछि मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने जानकारी पनि दिए ।




