खासमा परीक्षा किन लिइन्छ ? सिकाइ उपलब्धिहरूको लेखाजोखा गर्न । शिक्षाका उद्देश्य कुन हदसम्म पूरा भए/भएनन् भन्ने जाँच्न । विद्यार्थीको मूल्यांकन वर्षको अन्तिममा लिइने तीनघण्टे परीक्षाले मात्रै गर्न सक्दैन । उत्तरपुस्तिका परीक्षकको भाषामा लेखिनुपर्ने लिखित परीक्षाले विद्यार्थीको समग्र मूल्यांकन गर्न सकिन्न । यो एक जटिल विषय हो । विद्यार्थीको सिकाई र बुभाई स्तरलाई छोटो अवधिको लिखित मुल्यांकन गरि अंकमा बदल्न सजिलो छैन ।
जान्ने विद्यार्थीको आडमा परेको ‘कमजोर’ विद्यार्थीले पनि ‘ए ग्रेड’ ल्याइदिन सक्छ । परीक्षाको दिन बिरामी परेको वा कुनै तनावमा परेको ‘ब्रिलियन्ट’ विद्यार्थी पनि फेल भैदिन सक्छ । तीन घण्टामा लेखेको उत्तरपुस्तिका परीक्षकले तीन मिनेटमा जाँच्छ। यो जँचाइ कत्तिको वैज्ञानिक भयो होला, प्रश्न छ । त्यस्तै, एक परीक्षकले जाँचेको उत्तरपस्तिका अर्को परीक्षकले जाँच्दा फरक अंक आउँछ । तसर्थ विद्यमान परीक्षा प्रणाली, प्रश्नको ढाँचाले विद्यार्थीमाथि न्याय पनि गर्दैन ।
स्कुलमा लिइने साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक सबै परीक्षाको एउटै उद्देश्य छ, विद्यार्थी किताबबाट दायाँबायाँ नलागोस् । दिउँसो पनि किताब रटोस्, बेलुका पनि किताबै रटोस् । विद्यालयले किताबका कोरा शब्दमा बाँच्न सिकाए, शिक्षामा होइन । पूजापाठमा ‘भगवत् गीता’ पाठ गर्ने पण्डितले गीता कण्ठ गरेको हुन्छ तर गीताको जीवन बाँचेको हुँदैन । ‘गीता’ किताब रट्नका लागि हैन, त्यस दर्शनमा बाँच्नका लागि हो । स्कुलमा विद्यार्थीलाई ठीक यस्तै बनाइएको छ । शिक्षा जीवनका लागि हो, परीक्षाका लागि होइन ।
कुनै पनि कार्यको लक्ष्य तथा उद्देश्य के कति रुपमा सफल भयो ? के कस्ता कमजोरीहरु देखिए, त्यसको उपलब्धी के कस्तो भयो भनि लेखाजोखा, जाँचबुझ तथा छानविन गर्ने कार्यलाई मूल्यांकन भनिन्छ ।
निरन्तर विद्यार्थी मूल्याङ्कन सामान्य भन्दा स्तरीय खालको मूल्याङ्कन हो । यसमा सिकारुको सिकाइ, सिकाइ उपलब्धीको व्यवस्थित लेखाजोखा, निश्चित समयावधि भित्र सिकारुले हासिल गरेको सिकाइको संचित (ऋयmगबितष्खभ) प्रगतिको मूल्यांकन गर्ने कार्य गरिन्छ ।
यसर्थ निरन्तर विद्यार्थी मूल्यांकनले लेखाजोखा गर्दा व्यवस्थित गरिका अपनाउन सहयोग गर्छ र तोकिएको समयभित्र सिकारुको सम्पूणर् क्रियाकलाप संचित भएर रहने हुँदा हिजो देखि आजसम्मको अवस्था बिचमा भएको प्रगति विद्यार्थीको चाहना, रुचि र इच्छाको बाटो वा विद्यार्थीले जोड दिएका, मन पराएका, मन नपराएका क्रियाकलाप र समग्रमा वालमनोविज्ञानको लक्षणहरु समेत पत्ता लगाइ उचित मार्ग निर्देशनबाट विद्यार्थीको भविष्य अगाडी बढाउने कार्यमा निरन्तर विद्यार्थी मूल्यांकनको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ।
तर यहाँ निरन्तर विद्यार्थी मूल्यांकन पद्धतिको दुरुपयोगले विद्यालयस्तरको पढाइ चौपट पारेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको एक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको कुनै एक विद्यार्थीको उत्तरपुस्तीका हेर्दा नगरपालिकाको शिक्षा संयोजक दिपक क्षेत्रीको अनुहार आश्चर्य र चिन्ताले भरिएको थियो । जसै, उनी विद्यार्थीको उत्तरपुस्तिका पल्टाउँदै जान्थे, उनको छटपटी बढ्दै जान्थ्यो ।
कक्षा ९ का ती विद्यार्थीको सामाजिक शिक्षा विषयको उत्तरपुस्तिकामा पुगेपछि घोत्लिएका शिक्षा संयोजक क्षेत्रीले लामो सास फेरे। त्यहाँ न कक्षा र रोलनम्बर शुद्ध लेखिएको थियो, न त विद्यालयको नाम नै। “कक्षा ९ का विद्यार्थी विद्यालयको नाम शुद्ध लेख्न सक्तैनन् भने बाँकी के आशा गर्ने?” उनी आफैं प्रश्न गरिरहेका थिए। अरूविद्यार्थीको स्तर पनि उस्तै थियो, कतिले त प्रश्नसमेत गलत सारेका थिए। त्यसपछि उनी कक्षा १० का उत्तरपुस्तिका हेर्न थाले। “ओहो, १० का विद्यार्थी नि उस्तै रहेछन्”, दिक्क मान्दै उनले भने, “नेपाली माध्यममा लेखिने नेपाली, सामाजिक, स्वास्थ्य, जनसंख्या तथा शारीरिक र शिक्षा विषयको त यस्तो अवस्था छ, अंग्रेजी र गणितको हालत झ्न् कस्तो होला!”
“भन्न पनि लाज लाग्छ, कक्षा ९ र १० का आधाभन्दा बढी विद्यार्थी लेख्न मात्रै होइन, राम्ररी पढ्न पनि सक्दैनन्”, श्रीमाध्यमिक विद्यालय सखुवाबजारका शिक्षक रामचन्द्र मण्डल स्वयं स्वीकार्छन्। धनुषाका अधिकांश विद्यालयको स्थिति पनि यस्तै छ।
विद्यार्थीको स्तर यतिविघ्न खस्कनुको कारण के हो?शिक्षा संयोजक, प्रधानाध्यापक, शिक्षक सबैलाई उत्तर थाहा छ। “निरन्तर विद्यार्थी मूल्यांकन पद्धति लागू गरेपछि विद्यार्थीको बेहाल भएको हो”, अवकास प्राप्त ८५ वर्षीय प्रधानाध्यपक रमापति चौधरी भन्छन् । “म चार कक्षामा हुँदा गाउँघरका सबैको चिट्ठी पढ्थें, लेखिदिन्थें”चौधरी सम्झ्न्छन्, “अहिलेकाहरू १० कक्षामा समेत राम्ररी लेख्न र पढ्न नसकेको देख्दा दिक्क लाग्छ।”
क्षीरेश्वर जनता उच्च माविका शिक्षक उमाकान्त पहाडी भन्छन्, “आफ्नै बलबुताले राम्रो गर्नुपर्छ भन्ने १० प्रतिशत जति विद्यार्थी मात्र गतिला छन्, बाँकीको पढाइ काम लाग्दैन।”शिक्षक पहाडी निरन्तर विद्यार्थी मूल्यांकन पद्धतिकै विद्यार्थीमा कक्षा स्तरको पढाइ नभएको बताउँछन्।
सरकारले प्राथमिक शिक्षा पाठ्यक्रम (२०६२-६५) जारी भएसँगै लागू गरेको निरन्तर विद्यार्थी मूल्यांकन पद्धति अन्तर्गत कुनै कक्षामा एक वर्ष अध्ययन गरेका विद्यार्थीले सहजै अर्को कक्षामा भर्ना पाउने प्रावधान राखिएको छ। मूल्यांकन पद्धतिका आधारमा, कक्षा १ देखि ३ सम्म विद्यार्थी शतप्रतिशत उत्तीणर्, कक्षा ४ र ५ मा ५० प्रतिशत उत्तीणर् र कक्षा ६ र ७ मा ४० प्रतिशत उत्तीणर् गराउने उल्लेख छ। तर, सरकार स्वयंले मूल्यांकन पद्धतिको अवमूल्यन गरेका कारण सबै कक्षाका सबै विद्यार्थी पास भइरहेका छन्।
उच्च मावि रमदैया भवाडीका प्रधानाध्यापक मजिम राईनले यो पद्धतिमा कक्षा कार्य, गृहकार्य, परियोजना कार्य, विद्यार्थीको व्यावहारिक परिवर्तन, सिर्जनात्मकता र हाजिरी अवलोकनको आधारमा अंक दिइने गरिएको बताउँछन्। उनी भन्छन्, “निरन्तर विद्यार्थी मूल्यांकन भनेको सबै विद्यार्थी पास गर्ने होइन भनि शिक्षकहरूलाई सम्झाएका छौं तर विद्यार्थीमा नपढे पनि पास भइहालिन्छ भन्ने भ्रम पाइएको छ।”
तर, विद्यार्थी मात्र होइन, शिक्षा समन्वय इकाइ समेत यस्तो भ्रम बाँड्न उद्यत छ। त्यसैको नतीजा हो, कक्षा ८ को जिल्लास्तरीय परीक्षामा कोही फेल नहुनु। “तलबाट सबै पास हुन्छन्, फेल गर्दा झ्मेला नहोस् भनेर सबै उत्तीर्ण गराएका हौं”, भवाडीका प्रधानाध्यापक राईन भन्छन्। त्यसो त यो पद्धतिले शिक्षकमा पनि पढाउने जाँगर घटाइरहेको छ।
नपढे पनि पास भइहालिन्छ भन्ने यो रोगले तराईका जिल्लाहरू बढी सताइएका छन्। विद्यार्थी र शिक्षकका घरमा काम हुँदा पढाइ नै बन्द हुने कतिपय विद्यालयमा सबै विद्यार्थी कक्षा चढिरहेका छन्।
एसइइ परीक्षामा सबै विद्यार्थी उत्तीणर् गरिने चर्चा शुरू भएदेखि ९ कक्षामा पनि कोही विद्यार्थीले दोहोर्याएर पढ्नु पर्दैन। जसले पढाइको स्तर झ्नै कमजोर भइरहेको छ।
अब चर्चा गरौं परीक्षा प्रणालीको । झण्डै डेढ सय वर्षअगाडि प्रख्यात अमेरिकी शिक्षाविद् जोन डिबेले तत्कालीन शिक्षा प्रणालीमाथि टिप्पणी गर्दै भनेथे, ‘हामीले आजका विद्यार्थीलाई हिजोको जस्तै गरी पढाएर भोलिका काम नलाग्ने व्यक्ति बनाउँदैछौँ ।’
यो डेढ सय वर्षको बीचमा अमेरिकाजस्ता देशले शिक्षा प्रणालीमा आमूल परिवर्तन गरेर संसारलाई विज्ञान, प्रविधि र विकासको नौलो बाटोमा हिडाउन मस्तिष्कहरू तयार पार्यो। तर, हाम्रो शिक्षा प्रणाली डिबेकै टिप्पणीमा अडकिएको छ । हाम्रो शिक्षा हिजो पनि परीक्षामा पास बनाउनका लागि दिने गरिन्थ्यो आज पनि त्यही छ ।
वार्षिक ४१ करोडको चुइङ्गम र साढे २ करोडका दाँत कोट्याउने सिन्का आयात हुनुमा सीपविहीन जनशक्ति उत्पादन गर्ने देशको शिक्षा हुनुको परिणाम हो ।
आजको दुनियाँ परिभाषा रट्ने व्यक्तिले हैन, कल्पनाशीलताको शक्ति उपयोग गर्ने व्यक्तिले ‘लिड’ गर्दैछ ।
देशमा कल्पनाशील व्यक्तिको संख्या बढेर नै देशले फड्को हान्ने हो । आइन्सटाइन, एडिसनदेखि बिल गेट्स, मार्क जुकरबर्ग र एलन मस्कसम्मले कल्पनाशीलताको शक्तिको प्रयोग गरेर नै दुनियाँ हल्लाएका हुन् । अफसोच, हाम्रो विद्यालयदेखि विश्वविद्यालय तहका शिक्षामा व्यक्तिलाई कल्पनाशील बनाउन प्रेरित गर्ने कुनै कार्य गरिन्नन् ।
हाम्रा कक्षाकोठामा किताबका परिभाषा, तिथिमिति, इतिहास, विदेशीले पत्ता लगाइदिएका सिद्धान्त र उनीहरूको जीवनीको भीषण रटान चलिरहेको छ । तिनै तथ्यांक रटान गर्न सक्यो/सकेन भन्ने जाँच्न तीनघण्टे परीक्षाको बन्दोबस्त छ । परीक्षापछि प्रदान गरिने अंकले मानव पुँजीलाई ‘बिकाउ माल’मा परिणत गरिदिएको छ । बजारीकरणले मानवको प्रतिभा, क्षमता र हैसियत अंकमा कैद भएको छ । मानिसको सामाजिक, मानसिक, संवेगात्मक, भाषिक, आलोचनात्मक चेत, प्रश्न सोध्ने, उत्तर खोज्ने, अनुसन्धान र आविष्कार गर्न मद्दत गर्ने शिक्षाका विश्वव्यापी मूल्य मान्यता र उद्देश्य एकातिर छन्, हाम्रो शिक्षा अर्कोतिर छ ।
आज पनि नेपाली विद्यार्थीले एक वर्षको अन्तरालमै कक्षा १० र १२ मा तीनघण्टे राष्ट्रिय परीक्षाको आतंकको सामना गर्नुपरिरहेको छ । केही समयअघिसम्म कक्षा ११ मा पनि राष्ट्रिय परीक्षा कायम थियो । सरकारले नै परीक्षालाई ठूलो हाउगुजी बनाइदिएको छ । विद्यालयका कक्षाकोठा वर्षको अन्तिमतिर आउने परीक्षाको मियो वरिपरि घुमिरहेका छन् । विद्यालय र शिक्षक र विद्यार्थीको सफलताको मानक त्यही तीनघण्टे परीक्षा भएको छ । त्यस परीक्षामा जुन शिक्षण संस्थाबाट राम्रो अंकका साथ धेरै विद्यार्थी उत्तीणर् हुन सक्छन्, त्यही संस्था ‘राम्रो’ कहलिएको छ ।
त्यसैले विद्यालयको सम्पूणर् ध्यान शिक्षाको गुदीमा पुगेर शिक्षण क्रियाकलाप गराउने हैन, परीक्षाको गन्तव्यतिर छ । विश्वविद्यालयका कक्षा अनुसन्धान र आविष्कारउन्मुख हैन, मार्कसिट प्रदान गर्ने उद्देश्यमा आधारित छन् । यसले सम्पूणर् विद्यार्थीलाई घोक्ने मेसिनमा परिणत गरिदिएको छ ।
शिक्षण संस्थाको उद्देश्य मार्कसिटमा राम्रो अंक देखाइदिएर जागिर खान सजिलो पार्ने अभिप्रायबाट प्रेरित छन् । जहाँ शिक्षाको लक्ष्य नै व्यक्तिलाई जागिर बनाउनुमा छ । त्यही शिक्षाबाट व्यक्ति बेरोजगारीको चरम समस्या छ । यसको दोष उद्योगहरू नखोल्ने सरकार पनि हो, साथमा विद्यालय र विश्वविद्यालय पनि दोषको भागीदार छन् । किनभने ती संस्थाले विद्यार्थीलाई शिक्षाको अर्थ अंक प्राप्ति र जागिरको खोजी भन्ने सिकाएको छ। शिक्षण संस्थाले मस्तिष्कमा केही सूचना बोकेका जनशक्ति मात्रै उत्पादन गरेको छ । विद्यार्थीले शिक्षाको नाममा २५ वर्ष ध्वस्त भएको त्यतिबेला चाल पाउँछ, जतिबेला मास्टर्स सकेको तन्नेरीले ३० हजारको जागिर भेट्न दर्जनौँ ठाउँमा आवेदन हाल्छ, अन्तर्वार्ता दिन्छ र असफल हुन्छ ।
शिक्षाले व्यक्तिमा सीप आर्जन गर्न सिकाएन । सिर्जनात्मक बनेर आत्मनिर्भर बन्ने तरिका सिकाएन। यो राष्ट्रिय समस्या हो । यसले उत्पादन गर्न नसक्ने मानिस पैदा गरिदियो । त्यसैले देशको वार्षिक बजेटभन्दा धेरै व्यापारघाटा हुने अवस्थासम्म देश आइपुगेको छ ।
यति मात्रै होइन, परीक्षा केन्द्रित शिक्षामा समेत ठूलो संख्यामा विद्यार्थी असफल भइरहेका छन् । विद्यालय तहमा गणित, विज्ञान, सामाजिकजस्ता विषयमा विद्यार्थीको सिकाइ तहअनुरुपको उपलब्धि अत्यधिक कम छ ।
परीक्षाले त खासमा लागू गरिएको शिक्षाबारे विद्यालय, शिक्षाको नीति बनाउने निकाय र सरकारलाई जाँच्ने हो । तर, यहाँ विद्यार्थी मात्रै असफल घोषित भइरहेका छन् । तर, खासमा उन्नत जनशक्ति पैदा गर्न नसक्ने देशको सरकार र शिक्षा मन्त्रालय असफल भएको हो ।
विद्यमान परीक्षा प्रणालीअन्तर्गतको परीक्षाले पनि विद्यालयमा विद्यार्थीको सिकाइ निकै कमजोर भइरहेको देखाइरहेको छ तर शिक्षा चलाउने निकायले यस्तै पठनपाठनलाई निरन्तरता दिइरहेका छन् । शिक्षण संस्थामा असफलता दर उच्च हुनु र परीक्षामा सफल भए भनिएका व्यक्ति पनि बेरोजगारीबाट छटपटिएर काम गर्न विदेश जान बाध्य हुनु हाम्रो शिक्षाको घोर असफलताको सशक्त प्रमाण हो ।
माध्यमिक तहमा गणितबाहेक सबै विषयमा प्रयोगात्मक कक्षा/परीक्षाका लागि अंक छुट्याइएको छ । नियमित रूपमा प्रयोगात्मक कक्षा सञ्चालन गरेर विद्यार्थीले प्रदर्शन गर्न सकेको खुबीलाई जसरी मापन गर्नुपर्ने हो, त्यो भइरहेको छैन । धेरै विद्यालयमा प्रयोगशालाहरू छैनन् । भएका विद्यालयमा पनि विज्ञानका प्रयोगात्मक सामग्री, कम्प्युटर धुलोले छोपिएको अवस्थामा देखिन्छन् । पहिलो त पाठ्यक्रम र पाठ्यपुस्तक पर्याप्त प्रयोगात्मक शिक्षा दिने गरी तयार गरिएका छैनन् ।
दोस्रो, विद्यालय, शिक्षक, अभिभावक र परीक्षा प्रणालीले प्रयोगात्मक कक्षा र यसको अभ्यासलाई खास महत्व दिएका छैनन् । प्रयोगात्मक अंक शिक्षकको गोजीबाट हाल्ने अंक हो भन्ने आमबुझाइ जो छ, त्यसैले एक दिन पनि प्रयोगात्मक कक्षा सञ्चालन नगरेको विद्यालयले सबै विद्यार्थीको प्रयोगात्मक अंकमा ‘पूणर्ाङ्क’ दिएर पठाउँछन् ।
विश्वविद्यालयका प्रयोगात्मक कक्षा पनि कामचलाउ खालका छन् । प्रयोगात्मक कक्षाले विद्यार्थीमा सैद्धान्तिक ज्ञानको प्रमाण देखाउँछ । विद्यार्थीलाई अनुसन्धान, आविष्कार र खोजका लागि हौसला दिन्छ । प्रयोगशालाभित्रै संसारका महान् आविष्कारहरू जन्मिने गर्छन् । तर, हाम्रा शिक्षालयले यी कार्यलाई महत्वहीन ठानेका छन् ।
सैद्धान्तिक सूचनाको रटान गराएपछि परीक्षामा अंक ल्याइहाल्छन् भन्ने बुझाइ छ । यसले संसारमाझ देखापर्न सक्ने नेपाली महान् प्रतिभाहरू विद्यालयभित्रै विलीन भएका छन् ।
बिद्यार्थीलाई राजनितीबाट पर राख्न्नुपर्दछ । किनकी बिद्यार्थी कुनै पनि राजनिती पाटिका ढाल होइनन उनिहरु परिवर्तनका खम्बा हुन। सरकारको शिक्षाप्रतिको प्राथमिकता मात्र होइन त्यसमा दुरदृष्टि पनि हुनुपर्छ। आजका युवासक्तिलाइ उचित पथ प्रदर्शनको लागी नैतिक, प्राविधिक र जिवनपयोगि शिक्षालाइ बढी भन्दा बढि प्रभावकारी बनाउन भुमिका खेलौ ।
अन्ततः युवालाई खाडिको ५५ डिग्रीको तापक्रममा आफनो नाडी खियाउन लगाउनु भन्दा उक्त युवासक्तिलाइ प्राविधिक र जिवनपयोगी शिक्षामा लगायौ भने पक्कै पनि हाम्रो देशले शिक्षाको क्षेत्रमा काचुली फेर्न सक्छ भन्ने कुरामा म भोको अनि प्यासी दुरदर्शी युवा विश्वस्त छु ।
शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालाले शिक्षाको संरचना बदलेर शैक्षिक रुपान्तरण गर्न स्थानिय तह र सरकारको नेतृत्वको चिन्तनमा नै परीवर्तन गर्नुपर्ने बताए। उनले भने, ‘पाठ्यक्रममा पछिल्लो सन्दर्भलाई समाजसँग जोड्नुपर्छ । अहिलेको सन्दर्भ अनुसार शिक्षकलाई उपायोग गर्न सकिन्छ । विद्यार्थी शिक्षण सिकाइको शैलिमा नै परिवर्तन गर्नुपर्छ । शिक्षामा सुधार गर्न स्थानिय तहले विद्यालयलाई ‘मेन्टरिङ र मनिटरिङ’ गर्नुपर्छ।
उनले व्यक्ती बदल्न नसकिने भएपनि गुणस्तरमा सुधार गर्दै विद्यालय शिक्षामा प्रविधी, पुस्तकालय, भौतिक पूर्वाधार, सिपलाई एउटा विद्यालयबाट अर्को विद्यालसँग साट्न सकिने बताए । ‘अन्तरविद्यालय, अन्तरपालिका भित्र त्यहाँ राम्रा विद्यालयले गरेको अभ्यास अन्य विद्यलायले सिक्न सक्छन् ।
गुणस्तरको मापदण्ड केलाई भन्ने ? अंग्रेजी भाषा बोल्न लेख्न जान्नु मात्रै शैक्षिक रुपान्तरण वा गुनासो हो?अहिले संस्थागत र सामुदायिक विद्यालय बीच साझेदारी मोडलबाट विद्यालय शिक्षालाई अघि बढाउन सकियो भने शिक्षामा रुपान्तरण सम्भव छ।’
उनले भने, ‘देश विकास गर्न शिक्षामा सुधार गर्नुपर्छ । निजी सामुदायिक साझेदारी मोडलबाटै अघि बढ्न सकेमात्र शिक्षालाई व्यवस्थित गर्न सकिन्छ । पेशागत दक्षता विकास गर्ने गरी शिक्षालाई सिपसँग जोड्नुपर्छ । पाठ्यक्रममा परिवर्तन गर्दै लैजानुपर्छ । शिक्षा जिवन, जगत र प्रविधीसँग जोड्दै सिपयुक्त जनशक्ती उत्पादन गर्न सक्नेगरी शैक्षिक रुपान्तरण गर्नुपर्छ ।’