काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रवि लामिछानेलाई आफ्नो पनि आशाको केन्द्र भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतको फैसलासँग लामिछानेले उपप्रधान तथा गृह मन्त्री र सांसद पद गुमाएपछि राउतले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनीतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो,’ उनले लेखेका छन्, ‘बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो।’
प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero pic.twitter.com/u5k7aIdg7S
— Dr. CK Raut (@drckraut) January 27, 2023