काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन–२ मा छिटोभन्दा छिटो उपनिर्वाचन गर्न माग गरेको छ। शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचनको मिति छिटोभन्दा छिटो घोषणा गर्न माग गरेको हो।
सर्वोच्च अदालतले नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टी सभापति रवि लामिछानेको सांसद पद गएपछि उपनिर्वाचन गर्न सत्ता गठबन्धनमा दबाब बढाउने रास्वपाको तयारी छ।



‘उपनिर्वाचन समयमा हुनुपर्छ भन्ने हाम्रो माग हो’, एक नेताले भने, ‘त्यो चाँडो हुनुपर्ने पार्टीको चाहना छ।’
प्रधानमन्त्री प्रचण्डको नयाँ प्रस्तावबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दैछ। बिहान ११ बजे बस्ने छ।





