
महोत्तरी- मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले समाज विकासका लागि शिक्षा महत्वपूर्ण रहेको कुरा बताउनु भएको छ ।
मटिहानी नगरपालिकाको वड़ा नं. ६ स्थित राष्ट्रिय जनता प्राथमिक विद्यालय भवनको आज शिलान्यास गर्नु हुँदै उहाँले विद्यालयमा निर्माण हुने भवनले शिक्षा क्षेत्रमा सहयोग पुग्ने भन्नु भयो ।
विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २२ लाखको लागतमा दुई कोठे पक्की भवन निर्माण हुने कुरा पालिकाका इंजीनियर विमलेश साहले बताउनु भयो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम स्नेही मण्डलको अध्यक्षता सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु कलीम अंसारी,जितनारायन माझी, रितेश साह, नाजिर राईन, पुर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, राम बाबु नायक, कार्यपालिका सदस्य अरुण नाहर, इन्जीनियर बिमलेश साह, शिक्षा संयोजक चन्देश्वर साह, रामजी मंडल, लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

