
धनुषा- सन् २०२२ मा मधेश प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ सय ६८ जना पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले फागुन ७ गते जनकपुरधाममा प्रदेशको मानव अधिकार अवस्था तथा पत्रकार भेटघाट कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गरेको हो ।
सार्वजनिक घटना अनुसार सन् २०२२ मा मधेस प्रदेशमा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन घटनामा ४१ जना र अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ६ सय २७ जना पीडित भएका छन् ।
अभिलेखित घटनाको तथ्याङ्क अनुसार मानव अधिकार उल्लङ्घन घटनामा राज्य पक्षबाट दुई जना पुरुषको हत्या भयो भने ज्यादतीका घटनामा अन्य पक्षबाट ४५ महिला र ४३ पुरुष गरी ८८ जनाको हत्या भयो ।
सन् २०२२ मा परिवारजनबाटै सप्तरीमा तीन, सिरहामा चार, धनुषामा पाँच, महोत्तरीमा तीन, सर्लाहीमा दुई, रौतहटमा दुई, बारामा तीन र पर्सामा दुई गरी २४ जना महिलाको हत्या भयो । दाइजोकै कारणले महोत्तरीमा एक र रौतहटमा एक गरी दुई जना महिलाको हत्या भयो ।
सन् २०२२ मा बलात्कार घटनामा २ सय २९ जना पीडित भएको घटना वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२२ मा कुटपिटका घटनामा राज्य पक्षबाट एक पुरुष, यातनाका घटनामा एक महिला, घाइतेमा नौ पुरुष, नागरिक तथा राजनीतिक अधिकारमा २५ पुरुष र धम्कीका घटनामा एक जना पुरुष पीडित भएका छन् ।
कुटपिटका घटनामा अन्य पक्षबाट नौ महिला, ७४ पुरुष र दुइ क्वेयर पीडित भए । त्यसैगरी अमानवीय व्यवहारका घटनामा अन्य पक्षबाट एक, अपहरण घटनामा ११ महिला र चार पुरुष, घाइतेमा चार महिला र १९ पुरुष, जातीय छुवाछुतका घटनामा एक महिला र एक पुरुष पीडित भए ।
सन् २०२२ मा अभिलेखित घटना अनुसार बालअधिकारका घटनामा १ सय ९६ बालिका र चार बालक पीडित भए । जसमध्ये बाल विवाह घटनामा दुई, बालिका बेचबिखनमा चार, शारिरीक दण्ड सजायका घटनामा एक बालिका, नवजात शिशुको हत्या एक बालक, बलात्कार घटनामा १ सय ६२, यौन दुव्र्यवहार घटनामा २७ बालिका र चार बालक पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२२ मा महिला अधिकारका घटनामा २ सय १० जना पीडित भए । जसमध्ये महिला बेचबिखन प्रयासका घटनामा एक, घरेलु हिंसाका घटनामा २०, बोक्सीको आरोपमा १२, बहुविवाह घटनामा ७७, बलात्कार घटनामा ६७, बलात्कार प्रयास घटनामा २७, यौन दुव्र्यवहार घटनामा चार र महिला बेचबिखन घटनामा दुई जना पीडित भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष राजेश कणर्ले मानव अधिकार घटनाहरुलाई इन्सेकले अभिलेख गरी वार्षिक रुपमा सार्वजनिक गर्नु महत्वपूणर् कार्य भएको बताउनु भयो । मधेस प्रदेशमा मानव अधिकारको अवस्थालाई सुधार गर्न कानुनी शासनको आवश्यकता रहेको उहाँले जोड दिनु भयो ।
मधेस प्रदेश सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले इन्सेककर्मीहरुले चुनौतीको सामना गर्दै मानव अधिकार घटनाहरु अभिलेख गरिराख्नु भएको हुँदा इन्सेकले गहन रुपमा घटनाको स्थलगत अध्ययन गरी अभिलेख गर्नु महत्वपूणर् कार्य भएको बताउनु भयो ।
मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष कैलाश दासले इन्सेकको तथ्याङ्क संकलन कार्य सराहनीय रहेको उल्लेख गर्नु हुँदै सोही तथ्याङ्कको आधारमा सम्बन्धित न्यायायिक निकायमा पत्रकारहरुले घचघचाउनु पर्नेमा जोड दिनु भयो । धेरै यस्ता घटनाहरु छन्, जसलाई पत्रकारहरुले बाहिर ल्याई दिएमा पीडितहरुले सहज किसिमले न्याय पाउने उहाँको भनाई थियो ।
एडभोकेसी फोरमका प्रदेश अध्यक्ष राजकुमार महासेठले अपराध, ज्यादती र उल्लङ्घन घटनाहरुको तथ्याङ्क राज्यले राख्नु पर्ने उल्लेख गर्दै इन्सेकले नियमित रुपमा त्यस्ता घटनाहरु अभिलेख गरी सार्वजनिक गर्नु सराहनीय कार्य भएको बताउनु भयो । न्यायिक प्रक्रिया आफै सुरु नहुने हुँदा पीडितलाई न्याय दिलाउनका लागि सरोरकारवाला निकाय सक्रिय भएर लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल धनुषाका अध्यक्ष रेखा झाले घरेलु हिंसाका घटनामा पुरुष पनि पीडित हुने गरेकोले त्यस्ता घटनाहरु पनि इन्सेकले अभिलेख गरी सार्वजनिक गर्नु पर्ने साथै वैदेशिक रोजगारीमा गएका नागरिकको मानव अधिकारको अवस्थाको बारेमा पनि मानव अधिकार वर्ष पुस्तकमा समेटिनु पर्ने सुझाव दिनु भयो ।
नेपाल पत्रकार महासंघका केन्दीय सदस्य रिंकु मिश्र गायत्रीले क्षमता भन्दा बढी कारागारहरुमा कैदी बन्दी राखिने गरेका कारण उनीहरुको मानव अधिकार हनन हुने हुँदा यसमा सरोरकारवाला निकाय गम्भीर हुनु पर्नेमा जोडा दिनु भयो ।
जनकपुर टुडेका सम्वाददाता कमलेश ठाकुरले प्रहरी हिरासतमा बन्दीलाई दिने यातनाका घटानको स्थलगत अध्ययन अनुगमन गरी बन्दीमाथि हुने यातनाका घटनाको न्युनिकरण गर्ने कार्यमा इन्सेकले कार्य गर्नु पर्ने सुझाव दिनु भयो ।
यसबिच यस वर्ष मधेस प्रदेशबाट सप्तरी जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेल उत्कृष्ट जिल्ला प्रतिनिधि चयन हुनु भएको छ ।
इन्सेक मधेस प्रदेश, जनकपुरधाम