महोत्तरी - निरज अधिकारी नाम सुन्ने बित्तिकै युवा राजनितीज्ञ, समाजसेवी, जुझारु, प्रष्टबक्ता, निडर आफ्नो समाज र समुदायलाइ सर्वोपरी ठान्ने विविध उपमाले चिनिन्छन उनी । जिवनको उर्जासिल समय सामाजिक विकास, सामाजिक रुपान्तरण र सभ्य समाज निर्माणमा लगानी गरेका उनी जागरुकताका संवाहक मात्र हैनन सामाजिक विकास र परिवर्तनको लागी खवरदारी गर्ने बिद्रोही जस्तै हुन । बढदो बिकासक्रम र सहरिकरणका क्रममा बिस्तारै बर्दिबास अझ फराकिलो बन्दै छ यहीविचमा मानवजिवनको लागी अत्यावश्यक पर्ने खानेपानीको माग बढदो छ ।
पुराना केही नेतृत्वले खानेपानीको लागी आधार तयार गरेतापनी पछिल्लो नेतृत्वले अपचलनल, अनियमितता र कमाइ खाने थलो वनाइरहेको वेला अधिकारीलाई भएको परिवर्तनको छटपटाहटले निर्वाचनको मैदानमा उतारेको छ । १४ फाल्गुनमा हुन गैइरहेको निर्वाचनमा निरोज अधिकारी प्यानल यतिवेला घरदैलो अभियानमा छन । सामाजिक बिकृती, बिसंगतीका विरुद्ध खरो उत्रने अधिकारीलाइ निर्वाचनको मैदानमा होमिरहेको वेला कतिपयलाई उनी को हुन ?, किन उन्लाइ नै भोट दिने भन्ने प्रश्न पनि उठन सक्छ ।

सामाजिक परिवर्तनको उत्कट अभिलाषा बोकीरहने निरज अधिकारी वास्तव मै सम्पुर्ण युवाहरुका आदर्श पनि हुन । जिवनको युवा अवस्थाको उर्जासिल समय आम युवाहरुको जस्तै परिवारका लागी खर्चिनुपर्ने थियो, छोराछोरी र वावुआमाको लागी खर्चिनुपर्ने थियो तर उन्ले त्यसो गरेनन । देश संघिय संरचनामा गैइसकेपछी पहिलो स्थानिय निर्वाचनमा अधिकारी बर्दिबास वडा न.१ वाट अत्याधिक बहुमतले सदस्य पदमा निर्वाचित भए ।
त्यहीवाट अधिकारीले समाजसेवालाइ थप फराकिलो बनाउने मौका पाए । स्थानिय बेथिति र बिकृतिका बिरुद्ध खरो उत्रेकै कारण कहिलेकाही अपरिपक्व र छुच्चोको पनि आरोप लाग्ने गर्दछ उन्लाइ । तर उनी जहाँ -जहाँ छुच्चो वन्छन त्यहा बेथिती मात्र हैन अपचलन र अनियमितताका ड्ङगुर हुने गर्दछन । यो उम्मेदवारी पनि उन्को त्यही बेथितिका विरुद्ध हो । सामाजिक न्यायको लागी सत्तिसाल झै उभीरहने अधिकारीले चुनावी मैदानमा आफुजस्तै बौद्धिक, सामाजको चिन्तन गरिरहने युवाहरुलाइ समेत मैदानमा उतारेका छन । बिगतमा गरेका कामहरु अझ खानेपानीको क्षेत्रमा काम गरिसकेका, नवीन सोच वोकेका युवाहरुको उपस्थितिले यो प्यानल उकृष्ट रहेको कुनै दुइमत छैन ।
अहिले निरोज अधिकारी प्यानलमा उपाध्यक्षमा चम्पामाया मिरिन्चिङ्ग, सचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा गोबिन्द प्रसाद पौडेल, सदस्यमा सुक्र वहादुर थापामागर, ममता बिस्वकर्मा, महिला सदस्यमा सकुन्तला पोखरेल, तुलसा कुमारी पौडेल र मिनादेवी महतो छन । वडा सदस्यकाको क्रममा अधिकारीले थुप्रै आरोह, अवोरहका विचमा पनि आफ्नै भुमिकालाइ समाजिक परिवर्तनमा नै लगानी गरे । सामुहिक स्वार्थ घरवाट नै सुरु हुनुपर्छ भन्ने सोचका साथ अधिकारीले छोटो समयमा नै बिबिध अभावका वावजुत पनि नगरभित्र सामाजिक कार्य गरेका छन ।
छोरीहरुको जन्मदिनमा विपन्न गरिवहरुलाइ कापी, कलम वितरण गर्ने होस या विध्यालय-विध्यालय पुगेर पंखा तथा भौतिक पुर्वाधारका सामान प्रदान गर्न होस । पुर्णरुपमा आफुलाइ समाजसेवामा समर्पित गरेका अधिकारीले थोरै पैसा जोहो गरेर भएतापनी सहयोगमा कुनै कमी हुन दिएका छैनन ।
२४ सै घण्टा समाजको चिन्तन गरिरहने अधिकारीको बर्सिबासीहरुलाइ खानेपानीवाट सन्तुष्ट वनाउनु छ, बढदो सहरिकरणलाइ ध्यानमा राख्दै दिर्घकालिन खाका तयार गरेर आधार निर्माण गर्नु छ । उन्ले आफ्नो प्रतिबद्धतामा नै भनेका छन कि कार्ययोजना तर्जुमा गरि बजेट निर्धारण गर्ने, आयस्रोत नै नभएका परिवारलाइ न्युनतम शुल्क छुटको व्यवस्था गर्ने । अल्पकालीन योजनामा नया स्रोत र मुहान पत्ता लगाइ नया योजना संचालन गर्ने गरी नियमित पानीको व्यवस्था गर्ने जस्ता अधिकारीको उत्कृष्ट प्रतिबद्धताले वास्तवमै खानेपानीले नया ईतिहास रच्नेमा कुनै दुइमत छैन ।
त्यसैले निरोज अधिकारी माछा चिन्ह प्यानलको एउटै अनुरोध छ तपाईं भोट बदल्नुहोस, हामी तपाइहरुको चाहना बदल्छौ, थितिको सुरुवात गर्छौ । माछा चुनाव चिन्हमा भोट हाली निरोज अधिकारी प्यानलका सम्पुर्णलाइ अत्याधिक बहुमतले विजयी गराऔ ।




