महाेत्तरी- परिक्रमाका एक सहभागी महिला ताताे तेलमा लड्दा घाइते भएकि छिन्।
महोत्तरी गाउपालिका ३ मड़ई स्थित परिक्रमा मेला मा किशोरी जी को डोला दर्शन गर्न गएका परिक्रमाबासी धनुषा जिल्लाको कमला नगरपालिका स्थित माटी मंगराहा निवासी करीब ४० वर्षिय सीता देवी मण्डल जेरी बनाउदै गरेको कराही मा तातो तेलमा लड़न गईं घाइते भएकी हुन् ।



उनलाई प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको लागि ल्याइएको छ । करीब १५ प्रतिशत भाग तातोमा पोलेको चिकित्सकले जनाएकाे छ।




