
जनकपुरधाम। नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । यादव गत शुक्रबार जसपाबाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
यादवको शपथसँगै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन् ।