
महोत्तरी - महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ स्थित बिजलपुर स्वास्थ्य चैकीको प्रमुख उदय कुमार यादवको सरुवा भएको विषयमा स्थानीयहरुले वडा अध्यक्षको विरोध गर्दै आइतबार वडा कार्यालयमा स्थानीयहरुले तल्चा लगाउने समेत प्रयासगरेका थिए।
बर्दिबास नगरपालिकाका स्वास्थ्य शाखाको फागुन २८ गतेको निर्णयानुसार बर्दिवास नगरपालिका १३ को स्वास्थ चौकीका प्रमुख उदय यादवलाई बर्दिवास नगरपालिका ६ अन्तर्गत आधाभूत स्वास्थ्य केन्द्र चौलिखामा काम काज सरुवा गरेका कारण स्वास्थ चौकीका प्रमुख यादवले स्थानीयहरुलाई भडकाई बिभिन्न प्रलोभनमा परेर एक जुट बनाई वडा कार्यालयमा आन्दोलन गराएको बर्दिबास नगरपालिका १३ का वडा अध्यक्ष लक्ष्मण सिंहले आरोप लगाएका छन् ।
वडा अध्यक्ष सिंहले भने ‘स्वास्थ्य तहको कर्मचारीको सरुवा गर्ने अधिकार नगरपालिकाको स्वास्थ्य शाखाको हो, वडा कार्यालयको हैन् ।’
यादव करिब दुई वर्षअगाडि सरुवा भई बिजलपुरा स्वास्थ्य चौकी प्रमुखको रुपमा आएका थिए । उनले स्वास्थ्य चौकी भन्दा ३०० मिटरको दुरीमा आफ्नो निजि किलिनिक ओम अमृता प्राथमिक उपचार केन्द्र संचालन गर्दै आएका छन् र कार्यालय समयमा पनि आफ्नो निजि किलिनिक तथा मेडिकलमा नै समय दिंदै आएपछि स्थानियले बिरोध समेत गरेका थिए ।
यस सम्बन्धमा बिभिन्न समाचार माध्यममा समाचार आएपछि केहिदिन स्वास्थ्य चौकीमा कार्यालय समयमा ड्टुटी गर्न थालेका थिए । तर अहिले उनको सरुवा नगरपालिकाले गरेपछि आन्दोलन गर्नु र गराउनु उचित नभएको वडा अध्यक्ष सिंहले बताए ।
यो पनि पढनु
बर्दिवास ः बिजलपुरा स्वास्थ्य चौकी इन्चार्ज निजि क्लिनिकमा व्यस्त हुँदा सेवाग्राही मर्कामा