
महोत्तरी - औरही नगरपालिकामा नयाँ शैक्षिक सत्र देखि सम्पूर्ण बिधालयहरुमा कक्षा १ देखि ३ सम्मका बिधार्थीहरुलाई अंगेजी माध्यमबाट पठनपाठन सुरु गराउने तयारी थालेको छ। नगर प्रमुख प्रदीप खड्काको विशेष पहलमा औरही नगरपालिकाका भित्र रहेका सम्पूर्ण बिधालयहरुमा कक्षा १ देखि ३ सम्मका बिधार्थीहरुलाई अंगेजी माध्यमबाट पढाई सुरु गराउन लागिएको हो ।
अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नको लागि नगर प्रमुख खड्काले नगर भित्र रहेका सामुदायिक बिधालयहरुको अनुगमन गरि बिधालयको अवस्था, समस्या, सम्भावना र चुनौति पहिचान गर्न लागेका छन् ।
उनले विद्यालयमा देखिएका समस्याहरुलाई तत्काल कसरी सुधार गर्न सकिन्छ भनेर उपाय खोज्न नगर आफ्नै नेतृत्वमा टोली समेत गठन गरेका छन् । नगरप्रमुख खड्का, शिक्षा शाखा प्रमुख धनबहादुर राय र सम्बन्धित वडाका वडा अध्यक्ष सहित कक्षा कोठा देखि बिधालयको भौतिक र शैक्षिक अवस्थाको बारेमा जानकारि लिने र छलफल गर्ने काम अघि बढाएका छन् । ९ वटा वडा भएको औरही नगरपालिकामा १६ वटा सामुदायिक बिधालय छन् ।
अनुगमनबाट प्राप्त हुने प्रतिवेदनको आधारमा औरही नगरपालिकाको शैक्षिक सुधारको योजना बनाएर कार्यान्वयन गर्ने नगर प्रमुख खड्काले बताए। समस्या, आवश्यकता र सुधारको उपाय पहिचानका लागि बिधालयहरु अनुगमनमा निस्किएको उनले बताए। नगर प्रमुख खड्काले शिक्षक र बिधार्थीहरु संख्याको अनुपात तथा सन्तुलन कायम गर्ने चुनौति पनि रहेको बताए ।



