कैलाश माझी /सप्तरी
सुचना अभियन्ता तथा पत्रकार कैलाश माझी द्वारा एकैसाथ सप्तकोशी नगरपालिका लगायत सप्तरीका सम्पुर्ण पालिका संग सुचना माग गरिएको छ।
बिगत लामो समय देखि सूचनाको हक कार्यान्वयन, भ्रष्टाचार न्युनिकरण लगायत सुशासनको क्षेत्रमा कार्यरत रहिरहेका सप्तकोशी नगरपालिका ११ निवासी सूचना अभियन्ता तथा पत्रकार कैलाश माझीले बैशाख २५ गते सोमबार सप्तरी जिल्लाका १८ वटै स्थानीय तह संग एकै साथ सूचना माग गरेका हुन् ।
सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ को उपदफा २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सुचनामा पहुँच हुनेछ, भनी कानुनी प्रत्याभुती प्रदान गरेको छ । साथै नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धि ऐन २०६४ को दफा ३ र ७ अनुसार कुनै पनि सार्वजनिक निकायबाट सम्पादन हुने अथवा कुनै पनि सार्वजनिक महत्त्वको काम वा निर्णय संग सम्बन्धित कुनै पनि लिखित सामग्री वा जानकारीको प्रमाणित प्रतिलिपी लिन सार्वजनिक निकायका सुचना अधिकारी समक्ष निवेदन दिएर सुचनाको प्रतिलिपी पाउने कानुनी प्रावधान उल्लेख रहेको छ् ।
सोही कानुनको परिपालन गर्दै माझीले आफ्नो अध्यन अनुसन्धान तथा सूचना प्रवाह गरि जनतालाई सुसूचित गराउने र भ्रष्टाचार न्युनिकरण गर्नका लागि सत्यतथ्य प्रमाण जुटाएर आवश्यकता अनुसार मुद्दा मामिला गर्न साथै अन्याय, अत्याचार, बिकृती र बिसङ्गती, सुशासन, महिला हिंसा विरुद्धको सूचना बेस समाज निर्माण गर्ने लगायतका प्रयोजनका लागी नेपालको संविधान (२०७२) को भाग ३ धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐैन,२०६४ को दफा ३ र ७ बमोजिम सप्तकोशी नगरपालिका लगायत सप्तरीका सम्पुर्ण पालिकाका सुचना अधिकारी संग विभिन्न बुदाहरुमा इमेल मार्फत सुचना माग गरेको हो।
- यस्ता छ्न सूचना अभियन्ता तथा पत्रकार माझीले माग गरेको सूचना ।
१. आ. ब. २०७८/०७९ मा यश पालिका तर्फ के कति बजेट अथवा रकम विनियोजित भएको थियो र उक्त विनियोजित भएको रकम कुन कुन शिर्षकमा कहाँ कति रकम खर्च भएको हो सो को बिस्तृत जानकारी सहितको विवरण ।
२. आ. ब. २०७९/०८० मा यश नगरपालिकाले सूचना तथा बिज्ञापन प्रकाशन गरे बापत कुन कुन मिडिया,पत्रपत्रिका तथा सञ्चार माध्यमलाई के कस्ता बिज्ञापन प्रकाशन गरे बापत के कति रकम भुक्तानी दिएको हो। सो को लिखित जानकारी सहित उक्त सञ्चार माध्यमहरुले कुन कुन मितिमा कति दिन सम्म सूचना तथा बिज्ञापन प्रकाशन गरेको हो । सो प्रकाशन गरेको सम्पुर्ण दिनको पत्रपत्रिकाको प्रमाणित प्रतिलिपी सहितको विवरण ।
३. यश स्थानिय तहमा रहेका जनप्रतिनिधिहरुले आ आफ्नो सम्पत्ति विवरण बुझाएको छ कि छैन । यदि बुझाएको छैन भने किन र के कति कारणले नबुझाएको हो । यदि बुझाएको हो भने ती बुझाएको सम्पती विवरणको प्रतिलिपी ।
४. २०७९ बैशाख देखि हाल सम्ममा यश पालिकाले इन्धनमा कति खर्च गरेको हो । कुन गाडीमा दैनिक कति लिटरका दरले इन्धन भरेको हो । साथै गाडीको प्रयोग कुन कामका लागी भएको हो । लगबुकको प्रमाणित प्रतिलिपी सहितको विवरण ।
माझीले यश भन्दा अगाडि पनि सप्तकोशी नगरपालिका लगायत सप्तरीका सम्पुर्ण पालिका संग सुचना माग गरेका थिए तर माग गरिएका सुचनाहरु सुचनाको हक सम्बन्धि ऐनको म्याद भित्र सुचना अधिकारी र कार्यालय प्रमुखले सुचना उपलब्ध नगराए पश्चात् आफ्नो मौलिक हक हनन गरेको भन्दै अभियान्ता माझीले सप्तरीका सम्पुर्ण पालिकाका सुचना अधिकारी र प्रमुख बिरुद्ध रास्ट्रिय सुचना आयोगमा पुनरावेदन गरेका थिए ।




