काठमाडौँ। नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
शरणार्थी प्रकरणमा मुछिएका उननी सिंहदरबार परिसरबाट पक्राउ परेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।



उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।
हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहान प्रहरीले उनलाई ऊर्जा मन्त्रालयनजिकबाट पक्राउ गरेको हो ।
हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए ।




