सप्तरी-सप्तरीको राजविराज शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत तेसलान्नद यादवको विद्यालयमै करेन्ट लागेर ज्यान गएको छ ।
विद्यालयमा आयोजित क्रिकेट प्रतियोगितामा साउन्ड सिस्टम बजाउने क्रममा करेन्ट लागेर राजगढ गाउँपालिका–१ झुटकीका यादवको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकका आफन्त तथा विद्यार्थीहरूले विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
मृतकका आफन्त तथा विद्यार्थीहरूले गजेन्द्रनारायण सिंह अस्पताल तथा स्कुल अगाडि बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन् ।




