जनकपुरधाम- धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव छन् । उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोत्तरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ ।
माघ १५ गते राति हिरासत फोडेर यादव सहित ६ थुनुवा फरार भएका मध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।




