महोत्तरी- २१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा वर्दिवास नगरपालिका १० बस्ने ४५ वर्षीय सोम बहादुर थिंगलाई गिरफ्तार गरिएको छ।
इलाका प्रहरी कार्यालय बर्दिवासले जनाए अनुसार पीडितले जेष्ठ २९ गते दिएको उजुरीको आधारमा आरोपीतलाई सोहि दिन गिरफ्तार गरिएको हो ।
पीडितलाई ६ महिना अघि बलात्कार गरेको भएपनि जेष्ठ २९ उजुरी परेपछि सोही दिन पीडितको स्वास्थ्य परिक्षण वर्दिवास अस्पतालमा गराइएको र आरोपितलाई पनि बजारमा घुम्दै गरेको अवस्थामा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरमारा स्थित झोरा खोला छेउको जङ्गलमा बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




