महोत्तरी- रामगोपालपुर नगरपालिकाले ४२ करोड ४ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । शनिवार नगरपालिकाको ९ औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४२ करोड ४ लाख २९ हजार ८०० रुपैयाँको बजेट नगरप्रमुख रामदुलार साहले प्रस्तुत गरेका छन् ।

नगरप्रमुख साहले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट तथा आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत अनुमान विवरणका आधारमा सो रकमको बजेट प्रस्तुत गरेको जानकारी दिए ।

नगरप्रमुख साहले संघको वित्तीय समानीकरणतर्फ ९ करोड ९६ लाख,संघ सशर्त अनुदानतर्फ १८ करोड १२ लाख,संघ बिशेष अनुदान १ करोड,संघ समपुरक अनुदान ७५ लाख,संघ राजश्व बाडफाड ८ करोड ७० लाख ५९ हजार ८ सय,संघ रोयाल्टी ५० हजार,प्रदेश वित्तीय समानिकरण ७० लाख २० हजार,प्रदेश बिशेष अनुदान ३० लाख,प्रदेश समपुरक अनुदान २० लाख,प्रदेश राजश्व बाडफाड ३० लाख आन्तरिक आम्दानी २ करोड गरी कूल ४२ करोड ४ लाख २९ हजार ८ रुपैयाँको बजेट नगरसभामा पेश गरेको जानकारी दिए।


महोत्तरी निर्वाचन क्षेत्र ४(क) प्रदेश सांसद एबम पुर्व भौतिक पूर्वधार मन्त्रि सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा आयोजित नगरपालिकाको ९ औँ नगरसभाको उद्घाटन समारोहमा पुर्व संबिधान सभासदस्य लालेन्द्र मण्डल, जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महरा, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिनोद मण्डल,नगरपालिकाका सम्पुर्ण कर्मचारी,पुर्व नगर प्रमुख अशोक कुमार मण्डल, पुर्व नगर उप प्रमुख सिता साह, नगर उपप्रमुख रिना यादव, वडा अध्यक्षहरु,पुर्ववडा अध्यक्षहरु,नगरसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
बजेट बक्तव्य एवम् नीति तथा कार्यक्रम हेर्न तल क्लिक गर्नुहोस्










