
महोत्तरी- औरही नगरपालिकामा कार्यरत कर्मचारी माथी दुर्व्यवहार गर्दै हातपात गरिएको छ।
औरही नगरपालिकाको प्राविधिक शाखामा कार्यरत साइट सुपरभाईजर ओम प्रकाश सहनी माथि दुर्व्यवहार गर्दै हातपात गरिएको हो ।
औरही नगरपालिका वाड नं. ३ चेपकट टोलमा निर्माण भई रहेको आधारभूत स्वास्थ्य सेवाको भवन ढलानको साइट सुपरिवेक्षण गर्दै गर्दा गुणस्तरीहिन बालुवाको (माटोमिश्रित) प्रयोग गरिरहेको भेटे पछि रोक्न खाेजेका थिए ।
उनले काम रोक्न खाेजे पछि तिरुपति बालाजी निर्माण सेवाको प्रतिनिधि भंगहा न.पा. वडा नं. ७ बस्ने राम दुलार यादवले साइट सुपरभाईजर सहनीलाई दुर्व्यवहार गर्दै हातपात गर्नुका साथै इटाले टाउकोमा प्रहार गरे ।

सहनीकाे हात र पाखुरामा चोट लागि घाईते भएको छ । घाइते साइट सुपरभाईजर सहनीको उपचार औरही नगरपालिका १ औरही बजारमा रहेकोे स्वास्थ चौकी भएको छ।
उक्त घटनाको नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले विरोध गर्दै छानविन गरि रामदुलार यादवमाथि कानुन बमोजिम कारबाहीको माग गरेका छन् ।
कर्मचारीहरुले नगर प्रमुख प्रदीप कुमार खडका समक्ष घटना बारे जानकारी गराउँदै कारबाही प्रकृयाकाे लागि माग गरेका हुन् ।
प्राविधिक शाखा प्रमुख सन्तोष यादवले सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारी देश जनताको हितमा इमान्दारीता पूर्वक कार्य गर्दै गर्दा यस प्रकारको आक्रमण पर्ने दुर्भाग्यपूर्ण घटना भएका बताए।
लेखा शाखा प्रमुख मनोज कुमार महराले भने यस औरही नगरपालिकामा कार्यरत साइट सुपरभाइजर माथि भएको घटनाको कारवाही नभए सम्म यस नगरपालिकामा कार्यरत हामी सम्पूर्ण कर्मचारी घटनाको विरोध
स्वरुप पेन डाउन गरेर हातमा कालोपट्टी बाँधी कामकाज गर्ने बताए।
नगर प्रमुख प्रदीप कुमार खडकाले भने कर्मचारी माथि दुर्व्यवहार गर्ने र आक्रमण गर्ने जोकोही भए पनि कर्वाही गराउन र पहल गर्न आफु कुनै ठाँउमा पछि न पर्ने बताए ।
नगरपालिकाले कारबाहीकाे माग गर्दै ईलाका प्रहरी कार्यालय गाैशलामा निवेदन दर्ता गराएको छ।


