कृष्ण राज गिरी/भैरहवा
सिद्धार्थनगर नगरपालिका , रुपन्देही ले स्मार्ट कक्षा कोठा संचालन को लागि नगर भित्र का सोह्र वटा सामुदायिक विधालय हरु लाई विधुतिय डिजिटल सामग्री वितरण गरेको छ। वितरण गरिएको विधुतिय डिजिटल सामग्री हरु मा कम्प्युटर ३ थान, ल्यापटप ४० थान, प्रोजेक्टर १९ थान र स्पिकर ३५ थान गरि कुल मुल्य ४२ लाख को रहेको नगरपालिका ले जनाएको छ।




मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्मार्ट कक्षा कोठा संचालन को लागि डिजिटल सामग्री वितरण गरिएको सिद्धार्थ नगर नगरपालिका का शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल ले जानकारी गराए । कुल प्राप्त ७० लाख बजेट मा २५ लाख ५० हजार सामुदायिक विधालय का शिक्षक व्यवस्थापन मा र बाकीँ रहेको रकम वाट दुई चरण मा गरि १६ वटा विधालय हरु लाई डिजिटल सामग्री वितरण गरिएको थप जानकारी दिए ।
डिजिटल सामग्री वितरण गरिएको विधालय हरु मा भैरहवा बाल मन्दिर प्रावि, शान्तिवगैचा आवि, सुर्यदेव मावि,विन्दावासिनी मिसुजु ,भुजौली प्रावि, बहिरा बाल प्रावि, खजाहना आवि, नवदुर्गा मावि,बेलहिया मावि,पक्लिहवा मावि, महात्मा बुद्ध मावि,भानु मावि, रुपन्देही लिलाराम मावि, भैरहवा नमुना मावि,संस्कृत बिद्याश्रम मावि, र खुशलैन इस्लामिक गल्स स्कुल रहेका छन् ।




