
कृष्ण राज गिरी/भैरहवा
रुपन्देही प्रहरी द्वारा भारत वाट नेपाल तर्फ चोरी पैठारी गरि अवैध रुप मा भंसार छलि ल्याउँदै गर्दा गैडहवा गाउँपालिका वडा नं ६ वाट ११८ पेटी (१०२८ थान) टायल र योद्धा पिकअप गाडी नियन्त्रण मा लिएको छ।
बरामद गरिएको टायल र पिकअप गाडी को मुल्य अनुमानित १२ लाख ८४ हजार २ सय रहेको जिल्ला प्रहरी कार्यालय , रुपन्देही ले जनाएको छ।

ईलाका प्रहरी कार्यालय सुर्यपुरा, रुपन्देही वाट खटिएको प्रहरी टोली ले असार २० गते ,गैडहवा गाउँपालिका वडा नं ६ , क्याम्पस चोक वाट कोटहीमाई गाउँपालिका वडा नं ५ का २१ वर्षिय समिम मुसलमान लाई निजले चलाएको लु २ च ५८३६ नम्वर को योद्धा पिकअप गाडी र टायल सहित नियन्त्रण मा लिएको हो ।

बरामद गरिएको टायल,पिकअप गाडी र पक्राउ गरिएको मानिस लाई आवश्यक कार्वाही को लागि भैरहवा भंसार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देही का प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता श्यामु अर्याल ले जानकारी गराए।