महोत्तरी – जिल्ला प्रसासन कार्यालयमा अनुचित लेनदेनका २३३६ उजुरी दर्ता भएका भएकोमा सो मध्ये १२० मा मिलापत्र भएको छ । अनुचित लेनदेन सम्बन्धी जिल्ला प्रसासन कायार्ल यमा रहेको समितिसो मिलापत्र गराएको हो । अदालतमा साहुको पक्षमा फैसला भैसकेको मुद्दा १०० र तमसुक भएको २० मुद्दा समितिले मिलाएको हो ।
यता १५५ उजुरुमाथि छलफल जारी रहको जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । उनले क्रमिक रुपमा दर्ता अनुसार साहुर ऋणी दुईपक्षलाईबोलाउदै मिलापत्रको प्रयास भै रहेको बताए । उनले समितिले मिलापत्र मार्फत ऋणीहरुको ८ विग्हा जग्गा समेत फिर्ता गर्न सफल भएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले केहि छलफलमा साहुपक्षबाट नमानेर पुनः पुनः उनीहरुलाई मनाउने प्रयास भैरहेको समेत थपे । धेरै पुराना ऋणहरुको व्याज धेरै भैसकेको र ऋणीसंग त्यो तिर्न सक्ने क्षमता नरहेको अवस्थामा केहि समस्या भैरहेको समेत सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।
समितिले हालसम्म २७५ भन्दा वढी उजुरी हेरिसकेको छ ।


