महाेत्तरी- औरही नगरपालिकाकाे महिला बालबालिका तथा जेष्ठनागरिक शाखाद्वारा वडा १ र २ मा संचालन गरिएको ३ महिने सिलाई कटाई तलिम आइतवार सम्पन्न भएको छ । तालिममा सहभागी १९ जना महिलाहरुलाई समापन समारोहमा प्रमाणपत्र सहित एक-एक थान सिलाई गर्नका लागि मेसिन समेत औरही नगरपालिकाले उपलब्ध गराएको छ ।
शिपमुलक तालिमको माध्यमले नगरपालिकाबाट बेरोजगार समास्या समाधान गर्ने उदेश्यले यो तालिम सञ्चालन गरिएको औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्काले बताएका छन । कोहि पनि महिला घरमा यस्तै बेरोजगार नबसी सबैले स्वरोजगार बनेर आफना जिविकोपार्जन आफैले गरुन भन्ने उदेशयले यो तालिमको आयोजना गरी महिलाहरुलाई सिलाई कटाइ गर्ने तरिका सिकाइएको खड्काले बताए ।
तालिममा सहभागी भएका सबै महिलाहरु आधारभुत सिलाई कटाईमा दक्ष भएको बताउँदै नगर प्रमुख खड्काले अब उनिहरुले सिलाई कटाई गरेर नै राम्रो आम्दानी गर्न सक्ने बताए। तालिममा सहभागी महिलाहरुलाइ आफनो निगरानीमा सिलाई कटाई गराएको महिला बालबालिका शाखा प्रमुख सबिना यादवले बताइन्।
आउदो वर्षमा पनि पुनः महिलाहरुको लागि तालिमको ब्यबस्थापन गर्ने र गराउने प्रतिबद्धता नगर उप प्रमुख रेनु झाले गराइन््। कार्यक्रममा औरही नगरपालिका वडा १र २ का वडा अध्यक्ष,कृषि शाखा प्रमुख कविता बिष्ट,रोजगार शाखाका कर्मचारी मनिष यादव र it शाखाका मुकेश महतोको सहभागीता रहेकोे थियो ।














