कृष्ण राज गिरी/ भैरहवा
भारत वाट नेपाल तर्फ चोरी पैठारी गरि अवैध रुपमा भंसार छलि ल्याउँदै गरेको माेबाइल सहितका सामग्री सहित एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही जिल्ला शुद्दोधन गाउँपालिका वडा नं ४ का २३ वर्षीय दिनानाथ थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
थारुलाई बुटवल उप-मानगरपालिका वडा नं १२ वाट मोवाईल लगायतका सामग्री सहित पक्राउ गरिएको हो । थारुलाई अवैध समान र निजले चलाएको लु ३५ प ९७५७ नम्वर को स्कुटर सहित साउन १ गते रुपन्देही प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएको दिनानाथ थारु को साथ वाट प्रहरी ले विभिन्न व्रान्ड का मोवाईल २३ थान, मोवाईल चार्जर तथा डाटा केवल २१७ थान, मोवाईल डिस्प्ले ११८ थान,सादा मोवाईल का व्याट्री ५०० थान र आइफोन को मोवाईल कभर ३४ थान बरामद गरेको छ।
बरामद गरिएको सम्पूर्ण सामग्री र चोरी पैठारीमा प्रयोग गरिएको स्कुटर सहित करिब ९ लाख ७४ हजार ५ सय रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको सम्पूर्ण सामग्री, स्कुटर, र मानिस समेतलाई आवश्यक कार्वाहीको लागि भैरहवा भंसार कार्यालय ,बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।