
मदिरा सेवन गरी कोशी अस्पतालमा डाक्टरबनेर बिरामी परीक्षण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार राति कोशी अस्पतालको गाइनो वार्डमा बिरामीको स्वास्थ्य जाँच गर्ने विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका बानियालाई आवश्यक कारवाहीको लागि अस्पताल प्रशासनले मोरङ प्रहरीमा पत्र पठाएको मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताउनु भयो ।
मध्य राति अस्पताल आएर नक्कली डाक्टरको भेषमा अभद्र व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको र आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाईएको दासको भनाइ छ । बानियालाई ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो ।‘मदिरा सेवन गरेपछि डाक्टर बनेर अस्पतालमा बिरामीको स्वास्थ्य जाँच गरेको पाइएको उहाँको भनाइ छ ।
विरामीको स्वास्थ्य परीक्षण गर्दा हातमा पन्जासमेत नलगाई उपचार गर्न खोजेपछि नक्कली डाक्टर भएको खुलेको अस्पतालले जनाएको छ ।