जनकपुरधाम- धनुषा प्रहरीले चोरीको आरोपमा पक्राउ परेका ३० जनालाई एकै दिन सार्वजनिक गरेको छ ।
धनुषाको विभिन्न स्थानमा चोरी गरेको आरोपमा पक्राउ परेकाहरुलाई आज बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गत १७ दिनको अवधिमा हेलमेट , साईकल , माेटरसाइकल , महिलाका गरगहना लगायत विभिन्न सामाग्री चाेरी गरिएको आराेपमा ३० जनालाई पक्राउ गरेको हाे ।
यस्तै चोरीमा पक्राउ परेपनि पीडितले जाहेरी दिन नमानेपछि अधिकांशलाई शान्ति सुरक्षाविरुद्धकाे कसुरमा मुद्दा चालउनु परेको उनले बताए ।
प्रवक्ता गौतमका अनुसार पक्राउ पर्नेहरुमा अधिकांश १८ देखि ३८ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन्




