महोत्तरी- सम्सी गाउँपालिकाको मुख्य बजार केन्द्र सम्सीका सम्पूणर् पसलहरु आइतवार दिन भर बन्द रह्यो ।
सम्सी उद्योग वाणिज्य संघका अध्यक्ष राजेश यादवको नेतृत्वमा सीमा सुरक्षामा खटिएका प्रहरीहरुले साना व्यापारीहरु संग ज्यादती गर्नुका साथै दुव्र्यवहार गर्ने गरेको विरोधमा १ घण्टा बजार बन्द गरेका हुन् ।




सम्सी उद्योग वाणिज्य संघका अध्यक्ष यादवका अनुसार सम्सी बोर्डरबाट ठूला ब्यापारीहरुको सरसमान ओसारपसारमा कुनै रोकटोक नहुने र सम्सी बजारमा पसल थापेर व्यापार गर्दै आएको साना व्यापारीहरुलाई पारीबाट सानोतिनो मालसमान ल्याउँदा समेत पक्राउ गर्नुका साथै दुव्र्यवहार गर्दै आएको छ।
अध्यक्ष यादवले बोर्डरमा खटिएका प्रहरीहरुले ठूला व्यापारीहरुबा कमिशन लिएर मालसमाना ओसारपोसारमा सहयोग गर्दै आएको आरोप लगाए ।
व्यापारीहरुले भोलि सोवार समेत बिहान् ७ बजे देखि सम्पूणर् पसल बन्द गरि आन्दोलन गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जनाएको छ।





