जनकपुरधाम- नेकपा एमालेले विभिन्न पाँच बुँदे मांग सहित मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।
एमालेको तर्फबाट प्रमुख सचेतक लखन दास तत्माले ज्ञापन पत्र बुझाउदै मधेशमा देखिएको खडेरीको समस्या प्रति सचेत हुन ध्यानाकर्षण गराएका छन्।
एमालेले बुभाएको ज्ञापन पत्रमा तत्काल मधेशलाई सुख्खाक्षेत्र घोषणा, लम्पि स्कीन रोगको निदान तथा नियन्त्रणका लागि प्राविधिक परिचालन र किसानलाई क्षतीपुर्ती, किसानलाई मल खाद्यको सरल सहज उपलब्धता, यस वर्षको बिजुली बिल सरकारले तिरिदिनुपर्ने र आठवटै जिल्लामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्ने मांग उल्लेख गरिएको छ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री यादवले मधेशमा परेको रौदी (खडेरी) प्रति सरकार जानकार र गम्भिर रहेको भन्दै केहि दिनमै केहि महत्वपूणर् निणर्य लिनुपर्ने अवस्था रहेको बताए ।






