महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले खेल र खेलाडीहरुलाई प्रोत्साहन तथा खेल प्रति आकर्षण बढाउन स्थानीय खेलाडीहरुलाई ट्र्याकसुट वितरण गरेको छ।
क्षीरेश्वर स्पोटर्स क्लवका खेलाडीहरुलाई मेयर सुखदेव यादवले ट्याक सुट वितरण गरेका हुन् ।

मेयर यादवले खेलाडीहरुलाई ट्याकसुट वितरण पश्चात खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने धारणा व्यक्त गरे।
मेयर यादवले खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले विषेश योजना बनाएर अघि बताए।

उनले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको युवाहरुलाई खेलतर्फ रुचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले नगरपालिकाले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने बताए।

सो अवसरमा क्षीरेश्वर स्पोटर्स क्लवका अध्यक्ष रामकेवल मुखियाले नगरपालिकाले कबडी, फुटवल, कराँते लगायतका इन्टरनेशनल लेभलका स्थानीय खेलाडीहरु रहेको हुँदा खेलाडीको हौसला बढाउन कोचको रुपमा नयाँ नयाँ खेलाडी तयार गर्नको लागि भत्ताको व्यवस्था गर्नु पर्ने माग गरे ।









