कृष्ण राज गिरी/ भैरहवा
लुम्बिनी प्रदेश का गृह तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेय ले सहकारी संस्था हरु लाई कानुन बनाएर कार्वाही को दायरा मा ल्याईने भनेका छन् । रुपन्देही को सिद्धार्थनगर नगरपालिका वडा नं ४ मा वुधवार सहकारी पिडित हरु लाई सम्वोधन गर्दै सहकारी सम्वन्धि ठोस कानुन ल्याउन जरुरी रहेको वताएका छन् ।

मन्त्री पाण्डेय ले आउने प्रदेश सभा वैठक मा सहकारी कानुन को लागि प्रस्ताव लैजाने जानकारी गराए। सो प्रस्ताव मा छलफल गरि कानुन बनाएर जनता को वचत लिएर फरार रहेका सहकारी संचालक हरु लाई संगठित अपराध को मुद्दा लगाई जायजेथा वाट भए पनि असुल गरिने बताए।कानुन बनिसकेपछि प्रशासन लाई पनि सहकारी संचालक लाई कार्वाही गर्न सजिलो हुने थप बताए।स्थानिय सहकारी ले भन्दा पनि वाहिर वाट आएका सहकारी ले स्थानिय जनता सित पैसा उठाएर फिर्ता नगरेको भन्दै छिट्टै नै कार्वाही गरि पैसा फिर्ता गर्न पहल गरिने भन्दै स्थानिय पिडित हरु लाई भरोसा दिलाए।
कार्यक्रम संचालन भैरहवा युवा सन्जाल का अध्यक्ष तथा युवा समाजसेवी वैजनाथ गुप्ता ले गरेका हुन् । कार्यक्रम संचालक गुप्ता ले भैरहवा का मजदुर, किसान, साना व्यापारी हरु ले दैनिक वचत गरि एकमुष्ट रकम लिई आवश्यक पर्दा सदुपयोग गर्ने सोच को साथ जम्मा गरेको पैसा सहकारी ले फिर्ता नगर्दा विचल्ली पारेको बताएका छन् ।

सहकारी संचालक समिती र शाखा प्रवन्धक हरु लाई देश वाहिर जान रोक लगाई उनीहरु को सम्पत्ती वाट भए पनि असुल गरि पिडित लाई न्याय दिन मन्त्री पाण्डेय सित माग गरे । सबै सहकारी पिडित हरु लाई बचत जम्मा गरेको पासबुक लिएर आफु लाई सम्पर्क गर्न समेत अनुरोध गरे ।




