
महोत्तरी।महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ७ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।मोटरसाइकलमा आफ्नै भान्जाले बसाई बर्दिबास लैजाने क्रममा प्रदेश २ ००२ र ००५ प ६६७९ मोटरसाइकल बाट लडि दुर्घटना भएर मृत्यु भएको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष अन्दाजी ३६ को सुमिन्त्रा देबि महतोको दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकल चालक बर्दिबास ९ बस्ने बर्ष २३ को किशन महतो रहको छ ।
थप अनुसन्धानका लागि बर्दिबास इलाका प्रहरी कार्यालय मा राखको छ ।