
जनकपुरधाम - जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणबाट मुख्यमन्त्री सरोजकुमार यादवको ब्यानर च्यात्ने युवा पक्राउ परेका छन् ।
गत मंगलबार बिहान मुख्यमन्त्रीको ब्यानर च्यात्ने सरोज मिश्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार मिश्रलाई पक्राउ गरी अनुसन्धान गरेर छोडिएको छ । उनले अब यस्ता गतिविधि नगर्ने लिखित रुपमा कागजात गरेपछि छाडिएको डीएसपी गौतमले बताए ।
मन्दिरको प्रांगणमा लगाइएको ब्यानरले मन्दिरको महत्त्व र सौन्दर्यतामा आँच आएको भन्दै युवाहरुले ब्यानर हटाएका थिए ।
कानून विपरीत मुख्यमन्त्रीको ब्यानर हटाइएको भन्दै मुख्यमन्त्री कार्यालयबाट दबाब आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।