भैरहवा- सामाजिक संजाल फेसवुक,टिकटक र व्वाट्सएप मार्फत ठगी गरेको आरोप मा नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं को साईबर व्युरो ले दुई जना लाई प्रकाउ गरेको छ।
पक्राउ गरिएका दुई जनाले महिलाहरु लाई झम झम ईलेक्ट्रोनिक्सवाट आफुहरु भएको र लक्कि ड्रा मार्फत आइफोन परेको र सो आइफोन प्राप्त गर्नलाई भंसार तिर्नु पर्ने भएको भन्दै विभिन्न वैंकमा पैसा जम्मा गर्न लगाएर ठगी गरेको प्रहरी ले जनाएको छ।
पक्राउ पर्ने मा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं ८ का ३० वर्षिय राज कुमार पण्डित र रौतहट जिल्ला कटहरीया नगरपालिका वडा नं १ का २१ वर्षिय उमेश कुमार यादव रहेका छन् ।निज पण्डित र यादव वाट ४९ लाख ९५ हजार नगद, मोवाइल ७ थान, सिम १८३ थान, एटिएम ११ थान र राउटर १ थान बरामद गरेको साईवर व्युरो ले जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय साइवर व्युरो का उप-निर्देशक, प्रहरी उपरिक्षक एवं सुचना अधिकारी पशुपति कुमार राय ले सामाजिक संजाल मार्फत ठगी गरेको प्राप्त निवेदन हरु माथि को प्राविधिक अनुसंधान र विष्लेषण वाट खुल्न आएको उक्त कार्यमा संलग्न व्यक्ती हरु लाई भाद्र ५ गते व्युरो वाट खटिई गएको टोली ले ललितपुर कुपण्डोल वाट पक्राउ गरि निज हरु सित भएको नगद तथा संचार उपकरण हरु समेत बरामद गरी विधुतिय माध्यम सम्बद्द ठगी कसुर मा काठमाडौं जिल्ला अदालत वाट सात दिन को म्याद थप भई आवश्यक अनुसंधान कार्य जारी रहेको जनाएका छन् ।


