काठमाडौं - नेकपा एमालेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको जवाफ मागेको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले महेन्द्र यादवमाथि आक्रमण प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेका हुन् ।
‘प्रमुख प्रतिपक्षी दलको नेता आफ्नो निर्वाचन क्षेत्रमा जाँदा धावा बोलिने र आक्रमण हुने श्रृङ्खला पहिलादेखि नै चलिआएको थियो’, उनले भने, ‘हिजो प्रतिपक्षतिर हुँदा ध्यान कम थियो होला आज सत्तापक्षका सांसदहरूमाथि खोजी खोजी आक्रमण हुने धारिलो हतियार प्रयोग हुने। त्यसमा सरकारले निर्ममताको साथ अध्ययन गरोस्।’
संसदमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले पनि यसबारे गृहमन्त्री र प्रधानमन्त्रीको जवाफ मागेका छन् ।




