
गणेश कुमार सिंह/गाैशाला
महाेत्तरीकाे गाैशाला नगरपालिका १२ स्थित कान्तिबजारमा माविमा १९ वर्षपछि प्रधानाध्यापकमा स्थायी शिक्षकले नियुक्ती पाएका छन्।
कान्तिबजारमा राष्ट्रिय प्राथमिक विधालयबाट स्तर उन्नति भए माध्यमिक विधालय भएको १९ वर्षपछि बल्ला मावि स्तरको स्थायी शिक्षक राम स्नेही यादवले प्रधानध्यापकको जिम्मेवारीमा नियुक्ति पाएका हुन् ।
शुक्रबार विद्यालयले आयोजना गरेको ५९ औं राष्ट्रिय बाल दिवस तथा नवनिर्मित २ काेठे भवन उदघाटन कार्यक्रममा नियमित प्रअ महाबिर सिंहले प्रअ का आफ्नो पदभार राम स्नेही यादवलाई हस्तान्तरण गरेका हुन् । साथै नवनियुक्त प्रअ यादवलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महताेले सपथ ग्रहण गराएका हुन् ।

२०६१ सालमा मावि भएको विद्यालयमा हाल सम्म प्राविका स्थायी तथा निमावि र मावि स्तरमा अस्थायी शिक्षकहरुले नै प्रधानध्यापकका जिम्मेवारी सम्हाल्दै आएका वडा अध्यक्ष कुशेश्वर सिंहले जानकारी दिए।
२०३६ सालमा गाउँलेहरुकाे सहयोगमा विधालयकाे स्थापना गरिएको थियोे । यस क्षेत्रका उखु कृषकहरूसँग चन्दा बापत उखुबाट प्रति क्विन्टल ५० पैसाको दरले चन्दा संकलन गरि विद्यालयलाई विस्तारै कक्षाकोठा थप्दै अपग्रेड गरेका थिए भने २०६१ साल देखि कक्षा १० सम्म संचालनमा आएको थियोे ।
शुक्रबार विद्यालयले ५९ औं राष्ट्रिय बाल दिवस तथा नवनिर्मित २ काेठे भवन उद्वाटन कार्यक्रमकाे आयोजना गरेको थियोे । बाल दिवसको उपलक्ष्यमा विधालयले बाल अधिकार सम्बन्धि वक्तृत्वकला प्रतियोगिता समेत गरेका थिए ।
राष्ट्रिय मावि कान्तिबजारमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछि पठनपाठनमा समस्या भईरहेकाेले दुई कोठे भवनको निर्माण गरिएको हो । भवन तयार भएपछि विधार्थी, शिक्षक लगायत स्थानीयहरु खुसी देखिएका छन् ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश महताेकाे अध्यक्षता तथा नगर प्रमुख डा. दिपेन्द्र महताेकाे प्रमुख आतिथित्यता सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष कुशेश्वर सिंह, वडा नं. ११ का अध्यक्ष रामपृत महताे, नगर शिक्षा समितिका सदस्य रमेश महताे, कुमरकान्त झा, वडा सदस्यहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, विभिन्न विधालयका प्रधानध्यापक, समाजसेवी, विधालयका शिक्षक तथा शिक्षिकाहरु, विधार्थीहरु, संचारकर्मी लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियोे ।