
महोत्तरी- बर्दिवास नगरपालिका वडा न .५ मा नृत्य तथा वादविवाद प्रतियोगिताको आयोजना गरि ५९ औं बाल दिवस 'बालबालिकामा लगानी सुनिश्चित भबिस्यको थालनी' नाराका साथ मनाइएको छ।
बर्दिबास नगरपालिका वडा न .५ कार्यालयको आर्थिक सहयोग आयोजनामा उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
बर्दिबास ५ का वडा अध्यक्ष काहारमान स्याङ्बाको सभापतित्वमा मधेस प्रदेश सदस्य मा शारदादेबि थापाको प्रमुख आतिथ्यता तथा बर्दिबास नगरपालिका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीको बिशिस्ट आतिथ्यतामा सम्पन्न प्रतियोगितामा वडा भरीका बिद्यालयका छात्रछात्राहरुले भाग लिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य वडा बाल अधिकार समिति सदस्य जुनु कुमारी भुजेलले दिनु भएको थियो भने कार्यक्रम संचालन ओम गोदार थापाले गर्नु भएको थियो ।

निर्णायक समितिमा रमा शर्मा ढकाल ,गोबिन्द श्रेष्ठ र सरोज गजमेर रहनु भएको थियो नृत्यमा पंञ्चधुरा मा बि छात्रा स्वस्तिका वाइवा प्रथम , द्वितिय इच्छेश्वोर मा बि करुणा शास्त्री र टुटेश्वरनाथ मा बि तृतीय आस्मा योन्जन भएका छन् भने वादबिवादमा टुटेश्वर माबि का सुशान्त पौडेल प्रथम, इच्छेश्वोर मा बि आयुशा घिमिरे दोस्रो, र सेम नेपाल रा मा बि अमृत ग्रान्जा माबिका तृतीय भएका छन् ।
वडा स्तरीय नृत्य तथा वादविवाद प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो ,सान्त्वना हुनेलाई मेडल तथा पुरस्कर प्रदान गरेको निर्णायक समिति सदस्य सरोज गजमेरले जानकारी दिनु भयो ।

सो अवसरमा ,नगर प्रमुख क्षेत्रीले बालबालिकाको हक अधिकार सुनिश्चित ,बाल श्रम ,बाल बिवाह अन्त गर्न योजना सहित नगर अधि बढी रहेको बाल दिवसको शुभकामना दिनु भयो ,,मधेस प्रदेश सदस्य मा शारदा देबि थापाले पनि बाल अधिकारको लागि सबैको पहल हुनुपर्ने ,हरेक बालबालिकाको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्नुपर्ने ,बालबालिकाम अहिले लगानी गरे मात्रै भबिस्य सुनिश्चित हुने भन्नुभयो , वडा अध्यक्ष काहरमान स्याङ्वाले बालबालिकाहरुको हकहित, संरक्षण तथा संवर्द्धन गर्नका लागि तीनै तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको भूमिका अपरिहार्य भएको बताए ।

आगामी दिन वडा,नगरपालिका तथा अन्य संघ संस्थाले पनि बालबालिकाको अन्तर्निहित क्षमताको बिकास हुने कार्यक्रम गर्नु पर्ने बताउनु भयो आगामी दिनमा पनि वडा कार्यालयले यस्तो कार्यक्रम निरंतरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।