जनकपुरधाम- बाल्य ज्ञान क्लब मिथिला नगरपालिका -५ विश्रामपुर धनुषाको आयोजनामा बाल प्रतिभा कार्यक्रम गरिएको छ।
शनिबार बाल्य ज्ञान क्लब विश्रामपुरको आयोजना तथा मिथिला नगरपालिका वार्ड नं -५ का पुर्व वाडाअध्यक्ष श्यामबावु यादवको आर्थिक सहयोगमा बाल्य ज्ञान क्लबको प्राङ्गणमा बाल प्रतिभा कार्यक्रम अन्तर्गत एकल हाजिरीजवाफ प्रतियोगिता, कविता वाचन र वतृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ।
बाल्य ज्ञान क्लब विश्रामपुरका उपाध्यक्ष मधु कुमारी महतोको अध्यक्षता तथा मिथिला नगरपालिका वार्ड नं -५ का पुर्व वाडा अध्यक्ष श्याम बाबु यादवको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको बाल प्रतिभा कार्यक्रम अन्तर्गत एकल हाजिरीजवाफ प्रतियोगिता तर्फ सिदार्थ प्रसाद यादव प्रथम, हेमनारायण यादव द्वितीय,निरज कुमार महतो तृतीय स्थान ल्याएका छन् भने कविता वाचन प्रतियोगिता तर्फ बन्दना कुमारी यादव प्रथम, बिवेक कुमार साह द्वितीय , शिव शक्ति कुमारी महतो तृतीय स्थान हासिल गरेका छन्। त्यस्तै वतृत्वकला प्रतियोगिता तर्फ पुष्पा कुमारी महतो प्रथम, सन्जु कुमारी महतो द्वितीय र चन्द्रिका कुमारी महतो तृतीय स्थान ल्याएका छन्। विजेताहरूलाई कोपी ,कलम सहित स्टेशनरी सामाग्रीहरू दिइएको थियो।
"बाल अधिकारको सम्मान ,बालमैत्री स्थानीय शासन अभियान" गर्ने उदेश्यले स्थापना भएको बाल्य ज्ञान क्लब विश्रामपुरले ५९औं राष्ट्रिय बाल दिवस -२०८० को उपलक्ष्यमा बालबालिकामा लगानी:सुनिश्चित भविष्यको थलानी मुल नाराका साथ बाल प्रतिभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको कुरा बाल्य ज्ञान क्लब मिथिला नगरपालिका -५ विश्रामपुरका संस्थापक अध्यक्ष महेश महतोले बताए। कार्यक्रमको सञ्चालन तथा उदघोषण बाल्य ज्ञान क्लबका सल्लाहकार आरती साहले गरेकी थिइन्।
कार्यक्रमका विशिष्ट अतिथि औरही सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष राजकिशोर महतो,मिथिला नगर बाल संजाल ढल्केवरका अध्यक्ष दिपेश कुमार सिंह, समाजसेवी सोभित लाल महतो, सरस्वती कुमारी महतो लगायत गाँउवासीहरुको उपस्थिति रहेको थियो।
विगत १० वर्ष देखि धनुषाको उत्तरी भेगमा पर्ने मिथिला नगरपालिका लाई केन्द्रीत गरेर बालबालिकाहरूको हक अधिकारको पहिचान, कुशल नेतृत्व, क्षमता अभिवृद्धि,व्यक्तित्व विकास लगायत समाजिक सकरात्मक परिवर्तन जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन्।