
भैरहवा- वैदेशिक रोजगारी को लागि अष्ट्रलिया पठाइदिने भन्दै नक्कली भिसा पासपोर्ट मा लगाई १७ लाख ७९ हजार रकम ठगी गर्ने फ्लाईइङ टेप एजुकेसन एण्ड इमिग्रेसन कन्सलटेन्ट का संचालक लाई आश्विन ८ गते प्रहरी ले काठमाडौं लाजिमपाट वाट पक्राउ गरेको छ।
पक्राउ पर्ने मा अर्घाखाँची भुनिकास्थान नगरपालिका वडा नं ८ घर भई हाल भक्तपुर सुर्यविनायक नगरालिका वडा नं ९ मा वसी शंखमुल मा कन्सलटेन्सी संचालन गरेका ४५ वर्षिय विष्णु के.सी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।
कनिसलटेन्सी संचालक निज के.सी ले पवनराज दाहाल लाई वर्किगं भिसा मा अष्ट्रलिया पठाईदिने ,मासिक २ लाख वढी कमाई हुने र जान का लागि १६ लाख लाग्ने भन्दै पिडित दाहाल लाई विश्वास दिलाई पटक पटक गरि १७ लाख ७९ हजार रकम लिई पासपोर्ट मा नक्कली भिसा लगाई दिएका थिए।
दाहाल अष्ट्रलिया जान भनेर विमानस्थल गएको र अध्यागमन कार्यालय ले नक्कली भिसा भनि फर्काए पछि के.सी लाई फोन गर्दा नउठाई सम्पर्क विहिन भए पछि ठगी गरेको जाहेरी दरखास्त पिडित ले दिएको र प्रहरी अनुसन्धान मा कनसलटेन्सी ले ठगी गर्ने उद्देश्य ले रकम लिएको देखिए पछि प्रहरी टोली खटाई खोजतलाश गर्री लाजिमपाट वाट पक्राउ गरी थप अनुसन्धान र कार्वाही को लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले जानकारी गराए ।