
हरिनारायण दास
मानिसलाई न्याय पाउन र सम्मान पुर्वक बाच्नको लागि जुनसुकै देशमा कानुनी व्यवस्था गरेको पाइन्छ । जस्तै हाम्रै देशमा नेपालको संबिधानले देशको सम्पूणर् जनतालाई सके सम्म कानूनी व्यवस्था देखि मौलिक हक सम्मको समेत व्यवस्था गरेको पाइन्छ । त्यसैगरी विद्यालयलाई चालाउने गरि “विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक“ जसलाई हामी शिक्षा बिधेयक भन्ने गरेका छौँ । यो विधेयक सांसदमा दर्ता हुने बित्तिकै हाम्रो देशमा खैलाबैला मच्यो । खासगरि शिक्षकहरुमा खैलाबैलाको रुपसँगै आन्दोलनको रुप लियो ।

यो स्वभाविक पनि हो । यो देशमा शिक्षकलाई कुनै औचित्य नै छैन जस्तो देखिन्छ । शिक्षकलाई पेन्सनको व्यवस्था नहुनु, बालबिकासको शिक्षकलाई प्राथमिक तह तृतीय श्रेणी सरह तलब सुबिधा नदिनु, प्रधानाध्यापक नियुक्त हुन आयोगको खुल्ला प्रतिस्पर्धाबाट नहुनु आदि यस्ता समस्याहरु यो बिधेयकमा यस्ता धेरै विषय सुधार गर्नु पर्नेछ ।
यसैको लागि शिक्षक महासंघबाट विभिन्न माग सहित आन्दोलन गरेर बार्तामा बसेर सहमति पनि भएर आन्दोलन फिर्ता समेत लिइसकेको अवस्थामा छ । तर यहि बिधेयकमा यस्ता कुराहरु छ जो समाजमा सिधा असर पर्न जान्छ ।यो बिधेयकको दफा ५० मा शिक्षकको योग्यता बारे उल्लेख गरिएको छ अब योग्यता के के हुनु पर्छ हेरौ ।
१) शिक्षक पदमा नियुक्तिका लागि नेपाली नागरिक हुनुपर्ने
२) कक्षा एक देखि पाँच सम्म जुनसुकै बिषयमा स्नातक तह
३) कक्षा छ देखि आठ सम्मको लागि संबंधित बिषयमा स्नातक तह
४) माध्यमिक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उतिणर् गरेको हुनुपर्ने
५) अध्यापन अनुमाती पत्र प्राप्त गरेको
६) २१ बर्ष पूरा भइ ३५ बर्ष पूरा नभएको
७) माहिला र अपांगलाई मात्र २१ बर्ष पूरा भइ ४० बर्ष उमेर पूरा ननाघेको
८) महिला र अपांग लाई मात्र माध्यामिक द्दितीय श्रेणीको खुल्ला तर्फको लागि ४५ बर्ष सम्म उम्मेदवार हुन सक्ने व्यवस्था यस दफामा उल्लेख गरिएको छ ।
अस्ति न बार्ताबाट सबैको उमेर ४० बर्ष सम्म उम्मेदवार हुन पाउने भयो । र राहत शिक्षकको कुनै मान्य राखेन ।
यसमा प्राथमिक र नि.मा.बीको लागि स्नातक तह हुनु पर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले नै समाजमा सिधा असर पार्ने छ । यो व्यवस्था धेरैलाई राम्रो लाग्न सक्छ तर बिचार गरौ कि अब कक्षा १० सम्म पढ्न लाई १४/१५ बर्ष को उमेर हुन पुग्छ । कक्षा १२ पास गर्न र यताउता गर्दै झन्डै ३ बर्ष लाग्छ । स्नातक तह पूरा गर्न झन्डै ६ बर्ष जती लाग्छ । अब स्नातक तह पूरा गर्दा गर्दै जम्मा उमेर १५+३+६=२४ बर्ष अर्थात २४/२५ हुन जान्छ । अब भन्नुस हाम्रो समाजमा स्नातक गरेको कति जना छ ? स्नातक पूरा गरेको सायदै हुन्छ । हाम्रो समाजका युवाहरु कहिले घरजम गर्छ र कहिले कमाएर घरपरिवार पाल्छ ? हाम्रो ग्रामिण समाजमा त झन १८ बर्ष पूरा हुने बित्तिकै छोरालाई कमाएर ल्याउन भन्छ । हाम्रो देशमा झन रोजगारी छैन । रोजगारीको लागि सबै युवाहरू बिदेश नै धान्नु पर्ने अवस्था छ ।
यो नीति किन ल्याएको छ भन्दा विधेयक कुन प्रणालीबाट लेखिएको हो थाहा भएन । यहाँका नेताहरुलाई थाहा नै छ कि यहाँ बेरोजगारी छ र यस्तो कानुन ल्याउँदा झन बेरोजगारी थपिन्छ र देशका सम्पूणर् युवा बिदेश जान्छ र हामिलाइ भन्दा राजनीति गर्न सजिलो हुन्छ भनेर यस्तो बिधेयक ल्याएको हो मलाई लाग्छ र यो कुरा सहि हुन सक्छ या गल्त पनि हुन सक्छ ।
अर्को कुरा यो पनि छ कि अध्यापन अनुमतिपत्र छ उमेर पनि छ तर शिक्षक सेवामा लडन पाउँदिन किन भने स्नातक गरेको छैन। कम से कम अध्यापन अनुमतिपत्र प्राप्त गरेकालाई मान्यता पनि दिएको भए त हुन्थ्यो ? त्यो पनि छैन, अब कसैको अध्यापन अनुमतिपत्र छ र उमेर ३६ बर्ष छ र उ १२ पास मात्रै छ अब त्यस्तो मान्छे के गर्छ ? नत उसलाई बिदेश जाने उमेर हुन्छ र हाम्रै देशमा जागीर खाने उमेर हुन्छ । त्यस्तो ब्यक्तिलाई न मर्नु न बाच्नु भयो, यस्तो समस्या पनि शिक्षकहरुले नहेरिदिने भएको छ ।
शिक्षक संघ राष्ट्रिय अध्यक्ष सोमनाथ गिरि ज्युलाई फोन गर्दा भन्नू भयो “यो समस्या विद्यार्थी को हो र यो समस्या हामी लाई हेर्न मिल्दैन” के हुदैछ हाम्रो देशमा, हाम्रो समाज कता तिर जादैछ, कसैको लागि कोइ अवाज उठाउदैन । के शिक्षकहरुको छोरा छोरी छैन ? के आफ्नो छोरा छोरीको हकको लागि अभिभावकहरु अगाडी आउनु पदैृन । के शिक्षकहरु विद्यार्थीको अभिभावक होइनन ? शिक्षकहरु किन विद्यार्थीको समस्या बुझ्नु हुन्न ?
यस्तो अवस्थामा यो बुझान सक्छिन कि सब यो दुनियाँमा स्वार्थी नै हो । एउटा कुरा याद आउँछ कि जब आमा बुबा वृद्ध अवस्थामा हुन्छ तब छोरा छोरी पनि उनीहरुको हकको कुरा गर्दैन बल्ल अहिले थाहा भयो जस्तो लाग्छ यहाँ अभिभावक नै शिक्षित छैन छोराछोरी कसरी बुझ्नु, हाम्रो समाज एक गलत दिशा तिर जादैछ जो हामी आफै लाई नै रोक्नु जरुरी छ । अहिलेको शिक्षा बिधेयक हामी लाई धेरै सिख दिएको छ । कक्षा १२ पासको यदि आधारभुत सम्मको अनुमती दिदैन भने बुझ्नुस कि हाम्रो सिङ्गो देश नै डुब्ने स्थितिमा हुन्छ ।
बिधेयक पनि बनाउनेलाई नै फाइदा हुने गरि तयार पारिएको छ र यसमा हाम्रो देश को अनपढ नेताहरु लाई राजनीति गर्न सजिलो होस भनेर यस्तो बिधेयक ल्याएको हो । हाम्रो देशको हरेक युवालाई बिदेश पलायन हुनमा कुनै कसर बाँकी रहदैन । अहिले नै हेर्नुस हाम्रो गाउँमा अधिकान्स युवाहरु बिदेश नै छन र जो कोहि युवाहरु पढेर जागिर गर्न चान्छ अब यो बिधेयकले त्यसलाई पनि रोक लगाएको छ । यदि यो बिधेयक पास भयो भने समाजमा के असर पर्छ ? युवाहरु के गर्छ ? एक त धेरै युवाहरु कुलतमा फसेर आफुलाई बर्बाद गरेकै छ र झन पढाइको कुनै औचित्य नै नरहदा र २०/२२ बर्षको उमेरमा जागिर नहुदा झन युवाहरु बेरोजगारीको कारण कुलत र गलत बाटोमा हिड्न जान्छ । अब विद्यार्थीको हक हितको लागि लड्ने को त ? यहाँ त सबैले हात उपर गर्यो यो विद्यार्थी संघ सङ्ग्ठनहरु पनि नेता र पार्टीको झोले जस्तै देखि रहेको छ
यी कुराले एकछिन पिरोल्छ तर मेरो कुरा सोच्नुस बिचार गर्नुस मनन गर्नुस के विद्यार्थी पार्टी र नेताको लागि मात्रै लड्ने हो त ? के युवा पनि पार्टी र नेता कै लागि लड्ने हो त ? कहाँ छन युवा ? कहाँ छन विद्यार्थी र सङ्ग्ठनहरु ? किन बोल्दैन ? हे देशका कणर्धार विद्यार्थीहरु हे ! हे देशका मेरुदण्ड भनिएका युवाहरु, आज देश कै मेरुदण्ड भाचिने अवस्थामा छ कहिले सम्म हामीलाई यी नेता र पार्टीहरु सदुपयोग नै गर्छ ? कहिले हामीलाई हाम्रै देश मै रोजगारी हुन्छ ?
अब को यो बिधेयकले मात्र बेरोजगारी सृजना गर्छ अरु केही होइन र अब कक्षा १२ पास गरेर कुनै औचित्य रहदैन केहि न केही गरि खाने हुन्थ्यो अब त त्यो पनि रोकिने भयो । कस्तो हुन्छ हाम्रो देश को अवस्था ? कस्तो हुन्छ हाम्रो समाजको अवस्था ? हाम्रो समाजमा त धेरै नै गरिबहरु छन अब के ती गरिबहरु आफ्नो सन्तानलाई स्नातक गराउन सक्छ्न ? के यो शिक्षा हाशिल गर्नु पनि अब पुँजिपतीलाई नै अबसर मिल्दैछ किन यो देशमा धनिलाइ धनी र गरिबलाई झन गरिब हुन बाध्य पारिरहेका छन ? कुनै पनि बिधेयक या कुनैपनी कानुन सबै जनतालाई समेटिने गरि बन्नु पर्छ । र यो बिधेयकमा कक्षा १२ पासको पनि मान्यता दिनु पर्छ आयोगमा लड्न पाउनु पर्छ र यो कुरा सबलाई आ आफ्नो ठाउँ बाट अवाज उठाउनु पर्छ । सबै युवा र विद्यार्थी संघ सङ्ग्ठनहरु र सबै अभिभावकहरु मिलेर एउटा अवाज उठाउनु पर्छ जो कि सरकारको कान सम्म हाम्रो अवाज पुगोस र हाम्रो युवा र विद्यार्थीलाइ पढ्नमा सहज होस । गरिबको छोराछोरी पनि पढन पाओस् । जागु युवा !जागु विद्यार्थी !